Logo
१२ श्रावण २०८१, शनिबार
(March 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केन्द्र सरकारले कानून नबनाइदिँदा प्रदेश सरकार अन्योलमा : मन्त्री जम्मरकट्टेल

हेटौंडा : ३ नं प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्मरकट्टेलले केन्द्र सरकारले कानून नबनाइदिँदा प्रदेश सरकार अन्योलमा परेको बताएका छन् ।

हेटौंडामा सोमबार आयोजना भएको एक कार्यक्रममा उनले केन्द्र सरकारलाई कानून निर्माण गर्न प्रदेश तहबाटै झकझक्याउन आवश्यक रहेको बताएका छन् । सरकारले कानून नबनाउँदा प्रदेश र स्थानीय सरकारलाई काम गर्न असहज भएको मन्त्री जम्मरकट्टेलको भनाइ छ । अब केन्द्र सरकारको मुख नताकी आफै कानून बनाउने उनले बताए । ‘हामी पनि जनताबाटै निर्वाचित भएका हौं, त्यसैले आफै कानून बनाउने जमर्कोमा लागेका छौं’ मन्त्री जम्मरकट्टेलले भने ।

प्रदेश सरकारले तयार गर्ने कानूनले कसैलाई अन्याय नगर्ने भन्दै उनले यस्ता कानूनले जनता र व्यवसायी सबैको हितमा हुने दावी गरे ।

टेम्पो तथा मझौला यातायात व्यवसायी संघको २६ औं साधारण सभामा मन्त्री जम्मरकट्टेलले सरकारले २० वर्ष पुराना गाडी हटाउने निर्णय गरिसकेकाले यसको विरोध भन्दा विकल्प खोजी गर्न व्यवसायीलाई आग्रह गरे । उनले भने ‘फलामको आयु चलेसम्म चलाउने हो ।’

प्रकाशित मिति: Mar 5, 2018

प्रतिक्रिया दिनुहोस्