Logo
११ श्रावण २०८१, शुक्रबार
(March 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस संसदीय दलका उपनेतामा गच्छदार चयन

काठमाडौं : नेपाली कांग्रेसका सभापति एंव संसदीय दलका नवनिर्वाचित नेता शेरबहादुर देउवाले विजयकुमार गच्छदारलाई संसदीय दलको उपनेता चयन गरेका छन् । संसदीय दलको नेताको चुनावमा देउवाले ४४ मत पाएका थिए भने प्रकाशमान सिंहले १९ मत ल्याएका थिए ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गच्छदार संसदीय दलको उपनेतामा चयन भएको बताए । संसदीय दलको नेतामा चयन भएका देउवाले केही महिना अघिमात्रै मधेसी जनाधिकार फोरम लोकतान्त्रिक सहित कांग्रेसमा प्रवेश गरेका गच्छदारलाई उपनेता चयन गरेका हुन् ।

पछि पार्टी फुटाएर उनी मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष भएका थिए । गत मंसिरमा भएको प्रतिनिधि सभा चुनावको केही दिनअघि उनले आफ्नो पार्टी कांग्रेसमा मिसाएका थिए ।  लामो समय कांग्रेसको राजनीति गरेका गच्छदार २०६४ मा कांग्रेस परित्याग गरी मधेसी जनाधिकार फोरम प्रवेश गरेका थिए ।

प्रकाशित मिति: Mar 5, 2018

प्रतिक्रिया दिनुहोस्