Logo
६ कार्तिक २०८१, मंगलबार
(March 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोखरामा बसको ठक्करबाट दुई प्रहरीको मृत्यु

पोखरा : पोखराको विजयपुरमा बसको ठक्करबाट वडा प्रहरी कार्यालय बैदाममा कार्यरत दुई प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सुशिल बानियाँ र प्रदीपकुमार यादव रहेका छन् ।

ग ११ प ३६४५ मोटरसाइकलमा सवार बानियाँ र यादवलाई बागलुङबाट काठमाडौं जाँदै गरेको बा ४ ख ५७५८ नम्बरको बसले गएराति साढे ९ बजे ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका उनीहरुलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याए पनि डाक्टरले मृत घोषणा गरेका थिए ।

कास्की प्रहरीका अनुसार अस्पतालले मोटरसाइकल चालक बानियाँलाई १० बजेर ४० मिनेटमा र मोटरसाइकल पछाडि बसेका प्रदीपकुमारलाई १० बजेर ३३ मिनेटमा मृत घोषणा गरेको थियो । उनीहरुको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शव गृहमा राखिएको छ ।

प्रकाशित मिति: Mar 5, 2018

प्रतिक्रिया दिनुहोस्