Logo
१२ श्रावण २०८१, शनिबार
(March 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वराजा ज्ञानेन्द्र तीन साताका लागि पत्नी कोमल सहित झापामा

काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र तीन साताका लागि झापाको दमक पुगेका छन् । उनी पूर्वरानी कोमल शाह सहित दमक पुगेका हुन् । उनीहरु निजी भ्रमणका लागि दमक पुगेका उनका स्वकीय सचिव सागर तिम्सिनाले जानकारी दिएका छन् । पूर्वराजा तथा पूर्वरानी आइतबार अपरान्ह भद्रपुर बिमानस्थल हुँदै दमकको हिमालय टि गार्डेनको मिनी दरबारमा गएका हुन् ।

तीन साता लामो बसाइका क्रममा पूर्वराजा शाहले आफु निकटस्थसँग भेटघाट गर्ने कार्यक्रम रहेको राप्रपाका सहमहामन्त्री राम थापाले बताए। उनले भने–‘ अहिलेलाई निकटस्थसँगको भेटघाट मात्र भनिएको छ तर उहाँको धार्मिक भ्रमण गर्ने कार्यक्रम पनि रहेको छ। कहाँ कहाँ भ्रमण गर्ने भन्ने बारे बसेर टुंगो लाग्ने छ। ’ थापाका अनुसार देशको पूर्वी भागको समग्र वस्तुस्थिती बुझ्न तथा जनसम्पर्क बढाउन शाह दमक गएका हुन्।

शाह लामो समयसम्म दमकमा रहने भएपछि यसलाई अर्थपूर्णरुपमा हेरिएको छ। अगाडि सुनसान रहने मिनी दरबारमा पूर्व राजा रानी आएपछि दर्शन गर्न जाने समर्थक तथा शुभचिन्तकको चहल पहल सुरु भएको छ। उनका साथमा स्वकस्य सचिव तिम्सिनालगायत केही अन्य व्यक्तिहरु समेत आएका छन्। प्राय जसो परिवार नै लिएर आउने गरेका शाहका साथमा यसपाली भने रानी कोमल मात्रै छन्। पूर्वराजा तथा रानी दमक आएपछि दमकको सुरक्षा व्यवस्था कडा बनाइएको छ।

प्रकाशित मिति: Mar 5, 2018

प्रतिक्रिया दिनुहोस्