Logo
१२ श्रावण २०८१, शनिबार
(March 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेनाले चलाएको सुरक्षा कारबाहीमा परी ७० जनाको मृत्यु

अफगानिस्तान : अफगानिस्तानमा विगत शनिबार राति र आइतबार अपरान्हसम्म सरकारी सेनाले चलाएको सुरक्षा कारबाहीमा परी ५० जना सरकारविरोधी लडाकू तथा २० जना इश्लामिक स्टेट (आइएस) समूह आवद्ध लडाकूको मृत्यु भएको त्यहाँको रक्षा मन्त्रालयले आइतबार जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता जनरल मोहम्मद रादमनिषले आइताबार सञ्चारकर्मीहरूलाई बताउनुभयो, “शनिबार र आइतबार देशका विभिन्न भागमा सञ्चालन गरेका सुरक्षा कारबाहीमा ५० जना आतङ्ककारी तथा २० जना आइएस लडाकूको मृत्यु भएको छ ।” “उक्त भडपहरूमा २७ जना विद्रोही शख्त घाइते भएका छन्,” उनले थपे ।

अधिकारीका अनुसार २० जना आइएस विद्रोहीको अफगानिस्तानको उत्तरी जाज्जन प्रान्तको दारजव क्षेत्रमा भएको भिडन्तमा मृत्यु भएका हो । उक्त घटनामा कैयौँ विद्रोही घाइते बनेका थिए । सरकारले हवाई आक्रमणको साथसाथै स्थल सेनाको आक्रमणलाई सञ्चालन गरेको र छोटो समयमा विद्रोहीलाई जाज्जन क्षेत्रबाट धपाएको जनाएको छ ।

यसबारे तालिवानी विद्रोही तथा आइएस समूहबाट कुनै प्रतिक्रिया आइनसकेको बताइएको छ । (रासस÷सिन्ह्वा)

प्रकाशित मिति: Mar 5, 2018

प्रतिक्रिया दिनुहोस्