Logo
१२ श्रावण २०८१, शनिबार
(March 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निजी विमानमार्फत पाकिस्तानी प्रधानमन्त्री नेपाल आउँदै

काठमाडौं : विशेष निजी विमानमार्फत पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी आज नेपाल आउँदै हुनुहुन्छ । प्रधानमन्त्री अब्बासी अपरान्ह ३ बजे त्रिभुवन विमानस्थलमा आईपुग्ने बताईएको छ ।

दुईदिने भ्रमणका लागि नेपाल आउन लागेका प्रधानमन्त्री अब्बासीले भ्रमणका क्रममा नवनियुक्त प्रधानमन्त्री केपी ओलीलाई बधाई तथा शुभकामना दिने तथा दक्षिण एसियाली सहयोग संगठन सार्कको शिखर सम्मेलनका आयोजनाबारे छलफल गर्ने लगायत कार्यक्रम रहेको छ ।

दुई समकक्षीबीच शिक्षा, पर्यटन, व्यापार, सैनिक सुरक्षा र जनस्तरको सम्बन्ध लगायत आपसी हित एवं अन्य कुटनीतिक विषयमा समेत छलफल हुनेछ । अब्बासीलाई प्रधानमन्त्री ओलीले स्वागतसहित सैनिक मञ्च टुँडिखेलमा गार्ड अफ अनर दिनुहुनेछ ।

प्रधानमन्त्री अब्बासीले पर्सी फर्कनुअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तै उहाँले दलका शीर्ष नेताहरुसंग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उहाँको भ्रमणलाई अर्थपूर्ण र दुईपक्षीय हितको भ्रमणका रुपमा लिईएको छ ।

प्रकाशित मिति: Mar 5, 2018

प्रतिक्रिया दिनुहोस्