Logo
१२ श्रावण २०८१, शनिबार
(March 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदीय दलको नेता कांग्रेसले आज चयन गर्ने

काठमाडौं : कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मतदान हुने भएको छ ।

सहमतिका आधारमा संसदीय दलको नेता छान्ने प्रयास विफल भएपछि कांग्रेसले चुनावमार्फत नेता छान्न लागेकाे हाे ।

त्यसअघि विहान ८ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको थियो । सर्वसम्मतीको प्रयास असफल भएपछि मतदान हुने भएका हो ।

संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहले हिजो उम्मेदवारी दिएका छन् । सिंहले बरिष्ठ नेता रामचन्द्र पौडेलको पक्षबाट उम्मेद्वारी दिए ।

सिंहदरवारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा हुने मतदानमा ६३ जना सांसदले मतदान गर्नेछन् । ६३ सांसदमध्ये देउवा पक्षमा प्रत्यक्ष ११ र समानुपातिक २८ गरी ३९ सांसद छन् । पौडेल पक्षसँग प्रत्यक्ष ९ र समानुपातिक ११ गरी २० सांसद छन् ।

त्यस्तै, नेता कृष्णप्रसाद सिटौला समूहमा प्रत्यक्षमा ३ जना सांसद छन् । उद्योगी विनोद चौधरीको भने समूह खुलेको छैन । दलको नेता जित्न बहुमतका लागि ३२ मत आवश्यक पर्छ भने दुईतिहाईका लागि ४२ मत चाहिन्छ ।

प्रकाशित मिति: Mar 5, 2018

प्रतिक्रिया दिनुहोस्