Logo
१२ श्रावण २०८१, शनिबार
(March 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बदलिएको राजनीतिक अवस्था : स्यंव संविधानप्रति ‘बिमत’ रहेका ठाकुरले खुवाए बफादार रहन शपथ

काठमाडौं : नयाँ संविधान जारी भएदेखि नै आन्दोलित रहेका महन्थ ठाकुरले प्रतिनिधिसभाका ज्येष्ठ सदस्यका रुपमा सबै सांसदहरुलाई संविधानप्रति बफादार रहने शपथ खुवाएका छन् । आइतबार ज्येष्ठ सदस्यको हैसियतमा हातमा शपथपत्र लिएर सभामुखको आसनबाट उपस्थित जनप्रतिनिधिहरुलाई शपथग्रहण गराई रहदाको दृश्यले सबैको आखा तानेको थियो ।

मुलतः नयाँ संविधान जारी हुन भन्दा केहि समय अघिदेखि नै आन्दोलित बनेका मधेश केन्द्रित दलहरुको हालको मर्जर पार्टी राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक समेत रहेका ठाकुरले नै शपथग्रहण गराउने अवसर पाएका हुन् । सपथग्रहणपछि पुर्वसभामुख समेत रहेका ठाकुरले भने ‘अब देश नयाँ पथमा लमकेको छ, समय फेरिएको छ, देशले समेत मार्ग फेरेको छ,’ संसद परिसरमा उपस्थित केहि संचारकर्मीहरुसंको संक्षेप कुराकानीमा भने ‘सत्तापक्ष अलिकती फराकिलो मनका साथ मधेशी जनताको मान राख्दियो भने देशका सबै जनताले यो संविधानलाई अपनत्व मान्ने छन् ।

ठाकुरले भने ‘हाम्रो अडान कायमै छ र यो संविधानको स्वीकारोक्ति र संशोधनबाटै हुन्छ ।’ ‘जुन संविधान संशोधनका लागि हामिले संघर्ष गर्यौं, कयौं जनताले ज्यानकै आहुती दिए, त्यही संविधानका अधारमा आज शपथ खाएको छु र खुवाएको यो कम ठुलो त्याग होइन तर यसलाई सत्तापक्षले ख्याल गर्नुपछ र यो संविधानलाई पुरै देशको जनताले अपनत्व मान्ने खालको बनाउनै पर्दछ’

त्यस्तो त गत दोस्रो संविधानसभाको सदस्य नभए पनि ठाकुर मधेस राजनीतिको सानाठूला सबै गतिविधिका निर्णयकर्ता मध्येका एक महत्वपुर्ण नेता हुन् । आइतबार उनले खाएका र खुवाएका सपथको ब्यहोरामा ‘नेपालको संविधानप्रति पूर्ण वफादार रहँदै प्रतिनिधिसभाको सदस्य पदको कामकाज प्रचलित कानुनको अधीनमा रही’ भन्ने अंश छ । विगतमा ठाकुरले राखिरहेका असहमति र आन्दोलनको सन्देशप्रति सपथको यो अंशले विरोधाभाष प्रस्तुत समेत गर्छ ।

संविधान प्रति स्वीकार्यता
यद्यपि, ठाकुर र उनका सहयात्रीहरुले संविधानको स्वीकार गरेको यो पहिलो सन्दर्भ भने होइन । संविधान घोषणा भएपछि ०७२ असोज २४ मा प्रधानमन्त्रीका लागि भएको निर्वाचनमा मधेसी मोर्चाले सुशील कोइरालाको पक्षमा मत दिएका थिए । त्यस्तै, ०७३ साउन १९ मा प्रधानमन्त्रीकै लागि पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पक्षमा मत दिए । सरकारसँग पटकपटक वार्ता प्रयास गरेका र संविधानको दोस्रो संशोधनका लागि भदौ ५ गते भएको निर्वाचनमा पनि आन्दोलनकारी दलले मत दिएका थिए । र, तेस्रो चरणको स्थानीय तहको चुनावमा सहभागी भएदेखि उनीहरु संविधानको स्पष्ट फ्रेमभित्र आएका हुन् । उनीहरुले संविधान भित्रैबाट आफ्नो मागलाई पूरा गराउने बाटो खोजिरहेका थिए ।

राष्ट्रपतिबाट ठाकुरको शपथ

यसअघि प्रतिनिधिसभाका ज्येष्ठ सदस्यका रुपमा ठाकुरले राष्ट्रपतिबाट शपथ लिएका थिए । यसअघि महेन्द्रराय यादवले जेष्ट सदस्यको रुपमा राष्ट्रपतिबाट शपथ लिने कार्यक्रम थियो । तर संसदको कार्यसूचि तयारीका लागि सदनमा प्रतिनिधित्व गर्ने पाँच दलका नेतासँग परामर्शमा नेता रायलाई ज्येष्ठ सदस्यको रुपमा शपथ नगराउने र त्यसको सट्टामा राजपाकै अर्को नेता महन्थ ठाकुरलाई शपथ गराउने सहमति बनेको हो । यादवको वास्तविक उमेर ६३ वर्षको भए पनि नागरिकता अनुसार उनको उमेर ८० वर्ष देखिएको थियो ।

यही आधारमा यादवलाई ज्येष्ठ सदस्यका रुपमा शपथ गराउने तयारी थियो । तर पाँच दलबिचको छलफलमा प्राविधिक रुपमा ज्येष्ठ सदस्य देखिएका यादवलाई शपथ नगराउने सहमति बनेको हो । त्यसपछि प्रतिनिधिसभाको ज्येष्ठ सदस्यका रुपमा ठाकुरले राष्ट्रपतिबाट शपथ लिने तय भएको थियो । उनी ७५ वर्षका छन् । तर यो सपथग्रहणमा यादवले भने जानैरै अनुउपस्थित भएका छन् । अब सभामुख चुनिएपछि मात्र उनको शपथ हुनेछ ।

४८ सांसदले लिए मातृभाषामा सपथ
प्रतिनिधिसभा र राष्ट्रियसभाका ४८ जना सांसदहरुले मातृभाषामा पद तथा गोपनियताको सपथ लिएका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाका ४८ जना सांसदहरुले मातृभाषामा सपथ लिएका हुन् । आईतबार संघीय संसद भवन नयाँबानेश्वरमा भएको सपथ ग्रहण समारोहमा प्रतिनिधिसभाका १ सय ७१ जना र राष्ट्रियसभाका ५५ जना सांसदले पद तथा गोपनियताको सपथ लिएका थिए ।

त्यसमध्ये दुवै सदनमा गरी ४८ जना सांसदहरुले मातृभाषामा सपथ लिनुभएको संघीय संसद सचिबालयका सहसचिव कृष्णहरि खड्काले जानकारी दिए । जसअनुसार सबैभन्दा बढी मैथली भाषामा १६ जना सांसदले सपथ लिएका थिए । त्यसैगरी नेवारी, हिन्दी, अवधि, थारु, भोजपुरी, तामाङ भाषामा पनि सपथ लिइएको थियो ।

आआफनै भेषभुसामा
निर्वाचन भएको तीन महिनापछि संघीय सांसदहरू आआफनै भेषभुसामा शपथग्रहण गर्न गर्न उपस्थित भएका थिए । नयाँ एवं सुहाउँदिलो पहिरनमा सांसदहरु ठाँटिएर नयाँ वानेश्वरस्थित संसद भवन पुगेका थिए । त्यहाँ उनीहरूले प्रशस्त सेल्फी र फोटो खिचाउन भ्याए । सांसद प्रदिप यादव, शान्ता चौधरी, राजेन्द्र श्रेष्ठ, नविना लामाको भने पहिरन निकै फरक थियो । फोरमका संसद यादव धोती कुर्ता र पगडीमा सजिएका थिए भने एमाले सांसद उनी दाङ देउखुरीको परम्परागत थारु पोशाकमा संसद भवन पुगेकी थिइन् । त्यस्तै श्रेष्ठले नेवारी पहिरण, लामाले तामाङ्ग शैली झल्किने पहिरणमा सजिएका थिए ।

चार सांसद अनुपस्थित
संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाका सदस्यको शपथ कार्यक्रममा चार सांसदको अनुपस्थिति रह्यो । आइतबार प्रतिनिधिसभाको सभाहलमा भएको शपथ कार्यक्रममा सांसदहरु टोपबहादुर रायमाझी, महेन्द्रराय यादव, धर्मशीला चापागाईं र रेशम चौधरी अनुपस्थित भएकाछन् । संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार अनुउपस्थित सांसदहरुको सपथग्रहण पछि गरिनेछ । कूल २७५ सदस्यीय प्रतिनिधिसभाका सदस्यको शपथमा २७१ सांसद उपस्थित भएका थिए । सांसद चौधरी अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका छन् भने अन्य सांसद व्यक्तिगत कारणले शपथमा अनुपस्थित नभउका हुन् ।

राष्ट्रियसभाका ५५ सदस्यद्वारा शपथ
यसैबीच, राष्ट्रियसभाका ५५ जना सदस्यले आइतबार पद तथा गोपनीयताको शपथ लिउका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको राष्ट्रियसभा कक्षमा आइतबार साँझ आयोजित एक कार्यक्रममा ज्येष्ठ सदस्य तारादेवी भट्टले उहाँहरुलाई शपथ दिलाएका हुन् । । केही सांसदले आ–आफ्नो मातृभाषामा शपथ लिएका छन् । शपथ कार्यक्रममा राष्ट्रियसभा सदस्य रमेशप्रसाद यादव भने उपस्थित भएनन् । शपथ ग्रहणपछि संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईबाट नवनिर्वाचित सांसदलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । त्यसपछि राष्ट्रियसभा सदस्यलाई तोकिएको लोगो लगाउन भनिएको थियो ।

सरकारको सिफारिशमा राष्ट्रपतिबाट नियुक्त भएका तीन जना सदस्यहरुले भने सपथग्रहणमा भाग लिन पाएनन् । सर्वाेच्च अदालतको ‘शपथ नगराउनू’ भन्ने अन्तरिम आदेशपछि उनीहरुले शपथ रोकिएको हो । यसअघि ज्येष्ठ सदस्य भट्टलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ दिलाएकी थिइन । मुलुकका प्रत्येक प्रदेशबाट तीन महिला, एक दलित, एक अपांगता वा अल्पसंख्यकसहित आठ जनाका दरले राष्ट्रियसभामा प्रतिनिधित्व हुने संवैधानिक व्यवस्था रहेको छ । राष्ट्रियसभामा नेकपा (एमाले) का २७, नेपाली काँग्रेसका १३, नेकपा (माओवादी केन्द्र)का १२, राष्ट्रिय जनता पार्टी दुई र संघीय समाजवादी पार्टी नेपालका दुई जना सदस्यको प्रतिनिधित्व रहेको छ ।

राष्ट्रियसभा सदस्यमा अहिले २१ महिला र ३५ पुरुषको प्रतिनिधित्व रहेको छ । संघीय संसद्को माथिल्लो सदनका रुपमा रहने ५९ सदस्यीय राष्ट्रियसभामा राष्ट्रको विविध क्षेत्रका बौद्धिक व्यक्तित्वहरु उपस्थिति रहने गर्छ । संघीय गणतन्त्र नेपालको संविधान जारी भएपछि राष्ट्रियसभा पहिलो पटक गठन भएको हो । नेपालको संविधानको धारा ८६ मा राष्ट्रियसभा गठन र पदावधिसम्बन्धी व्यवस्था रहेको छ । छ वर्ष कार्यकाल रहने राष्ट्रियसभाका सदस्यमध्ये एक तिहाईको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुनेछ । संविधानको धारा ८८ बमोजिम सदन वा समितिको बैठकमा भाग लिनुअघि शपथ लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

माधव नेपालको गाडीमा संसद भवन छिरे सिलवाल
यसैबीच, प्रहरीको फरार सूचीमा रहेका सांसद नवराज सिलवाल एमाले नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको गाडीमा बसेर सपथका लागि संसद भवन छिरेका छन् । पूर्व डिआईजी सिलवालले आफू आईजीपी हुनुपर्ने दाबी गर्दै सर्वोच्च अदालतमा बुझाएको कार्यसम्पादन मूल्यांकन कीर्ते गरेको पुष्टि भएको थियो । त्यसपछि उनलाई कारवाही गर्न सर्वोच्चले सरकारलाई आदेश दिएको थियो । त्यसपछि उनलाई प्रहरीले फरार सुचिमा राखेको छ ।

सांसद चौधरी अनशनमा

उता, टिकापुरको घटनाका अभियुक्त रेशमलाल चौधरीले आइतबारदेखि करागार भित्रै अनशनमा बसेका छन् । कैलाली निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी सहित जनाले आइतबार साँझदेखि कारागारभित्रै अनशनमा बसेका हुन् । संसद चौधरी समेत टिकापुर घटनालगत्तै प्रहरीले पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका २४ जना विभिन्न माग राख्दै अनशनमा बसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सागर बोहराले जानकारी दिए ।

उनीहरुले प्रतिनिधि सभामा विजयी चौधरीलाई निर्वाचित भएको प्रमाणपत्र दिइनुपर्ने, संसदमा शपथ खान पाउनुपर्ने, टिकापुर घटनाका आरोपी २६ जनालाई क्षतिपूर्तिसहित रिहा गर्नुपर्ने र थरुहट संघर्ष समितिले राखेका माग पुरा गर्नुपर्ने लगायतका माग राखी अनशनमा बसेको प्रवक्ता बोहराले बताए । घटना भएको झण्डै ३० महिनापछि यही फागुन १४ गते कैलाली जिल्ला अदालतमा उपस्थित (आत्मसमर्पण) गरेका टीकापुरकाण्डका आरोपी चौधरी घटनालगत्तै फरार रहेका थिए ।

प्रकाशित मिति: Mar 4, 2018

प्रतिक्रिया दिनुहोस्