Logo
१२ श्रावण २०८१, शनिबार
(March 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फोरमसँगको वार्ता कुरो मिलेन सोमवार फेरि सहमति प्रयास गरिने

काठमाडौं : संविधान संशोधन र सरकार विस्तारबारे सत्तारुढ दल र संघीय समाजबादी फोरमबीच आज सहमति जुट्न सकेन । अव भोलि सोमवार मात्रै सहमति हुने नेताहरुले बताएका छन् ।  एमाले नेता सुवास नेम्वाङले आज दुई पटक वार्ता भएको र दुवै वार्ता सकरात्मक रहेकाले भोलिमात्रै सहमतिमा हस्ताक्षर हुने बताए ।

सहमतिपछि प्रधानमन्त्री केपी ओली र अध्यक्ष उपेन्द्र यादवबीच हस्ताक्षर गर्ने र क्याविनेट विस्तार गर्ने प्रधानमकन्त्री ओलीको तयारी छ । पार्टीले उठाउँदै आएको संविधान संसोधनको मुद्दामा बाम गठबन्धन आवश्यकता र औचित्यताका आधारमा अघि बढ्न तयार भएपछि सत्तामा फोरमको अवतरण हुन लागेको हो । दोस्रो संविधानसभाबाट विपरित धु्रवमा बाँडिएका एमाले र फोरमवीच आज औपचारिक सहमति भयो भने सत्ताका सारथी हुने छन् ।

सहमतिको मस्यौदा तयार पार्न दुवैतर्फबाट गठित कार्यदलको बैठक बसेको थियो । त्यहाँ सहमतिको मस्यौदा तयार भएपछि हस्ताक्षर हुने बताइएको थियो । तर, आज सहमति नजुटेपछि अव भोलिका लागि सरेको छ ।  दुई पक्षबीच नीतिगत र राजनीतिक विषयमा सहमति जुटिसकेको दावी गरिएको छ ।

व्यवहारिक रुपमा फोरमले तीनवटा मन्त्रालय मागेकाले त्यसको व्यवस्थापन गर्ने काम भइरहेका छ ।  फोरमले तीनवटा मन्त्रालयको अडान नछाडेपछि उसको माग पुरा गर्न सरकारी पक्ष लगभग तयार भएको छ । श्रोतका अनुसार फोरमले स्वस्थ्य, परराष्ट्र र अवास तथा भौतिक योजना मन्त्रालय मागेको छ ।

संसदमा २ तिहाई पुर्याउने उद्देश्यले बाम गठबनधन संघीय समाजबादी फोरमलाई सरकारमा ल्याउने प्रयत्नमा जुटेको हो । त्यसका लागि यसअधि गाभिएको स्वस्थ्य मन्त्रालय पुन फुटाउने सम्भावना छ । त्यसोगर्दा १९ मन्त्रालय हुने छन् ।यसअघि केन्द्रमा १८ वटा मन्त्रालय बनाउने बाम सरकाको निर्णय आएको छ ।

 

प्रकाशित मिति: Mar 4, 2018

प्रतिक्रिया दिनुहोस्