Logo
१२ श्रावण २०८१, शनिबार
(March 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महेन्द्रराय यादव समेत शपथमा चार सांसद अनुपस्थित

काठमाडौँ : संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाका सदस्यको शपथ कार्यक्रममा चार सांसदको अनुपस्थिति रह्यो । प्रतिनिधिसभाको सभाहलमा आइतबार भएको शपथ कार्यक्रममा सांसदहरु टोपबहादुर रायमाझी, महेन्द्रराय यादव, धर्मशीला चापागार्इं र रेशम चौधरी अनुपस्थित रहनुभएको संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिनुभयो ।

सांसदहरुलाई ज्येष्ठ सदस्य महन्थ ठाकुरले शपथ गराउनुभएको थियो । कूल २७५ सदस्यीय प्रतिनिधिसभाका सदस्यको शपथमा २७१ सांसद उपस्थित हुनुहुन्थ्यो । सांसद चौधरी अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा हुनुहुन्छ भने अन्य सांसद व्यक्तिगत कारणले शपथमा अनुपस्थित रहनुभएको बताइएको छ ।

प्रकाशित मिति: Mar 4, 2018

प्रतिक्रिया दिनुहोस्