Logo
१२ श्रावण २०८१, शनिबार
(March 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुर्घटनापछि फरार चालकको प्रहरीद्धारा पक्राउ

भक्तपुर : ज्यान जाने गरी भएको दुर्घटनापछि फरार सवारी चालकलाई प्रहरीले आईताबार पक्राउ गरेको छ ।अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको छ लेन सडकस्थित सल्लाघारी नजिक सुवर्णचोकमा गए राति भएको दुर्घटनामा फरार मोटरसाइकल चालक काभ्रेपलाञ्चोक नमोबुद्ध बस्ने २६ वर्षीय कुलबहादुर खनाललाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए।

दुर्घटनामा बा९२प ४६४ नं को मोटरसाइकल चालक भक्तपुर नगरपालिका–५ सुकुलढोका घर भई हाल सूर्र्यविनायक दार्जिलिङ हाइट बस्ने २४ वर्षीय प्रमोद श्रेष्ठको मृत्यु भएको थियो भने सोही मोटरसाइकललाई ठक्कर दिने बा६१प ४१५ नंको मोटरसाइकल चालक खनाल भने फरार थिए ।

प्रकाशित मिति: Mar 4, 2018

प्रतिक्रिया दिनुहोस्