Logo
५ जेष्ठ २०८१, शनिबार
(March 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आईसीसी विश्वकप क्रिकेट छनोट अन्तरगत नेपाललाई सफलता

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट छनोट खेल अन्तरगत आयोजक जिम्बाब्वेविरुद्ध नेपालले पहिलो सफलता हात पारेको छ । टस जितेर व्याटिङ गरिरहेको जिम्बाब्वेका ओपनरलाई रोक्ने क्रममा नेपालका लागि बसन्त रेग्मीले सेफास झुवाओलाई २३ बलमा ४१ रन बनाएको अवस्थामा पेभेलियनको बाटो देखाएका हुन् ।

घरेलु मैदानमा नेपाललाई बलिङको निम्तो दिएको जिम्बाब्वेले दुवै ओपनरले जमेर खेलेपछि नेपाली बलरहरु दबाबमा परेका बेला बसन्तले एक विकेट झारेका हुन् । जिम्बाब्वेका लागि ताजा अवस्थामा ओपनर सोलोमान मिरेले २५ बलमा ३४ रन बनाएका छन् । उनलाई साथ दिइरहेका तेस्रो क्रमका ह्यामिल्टन मासाकाडजाले ६ रन बनाएर साथ दिइरहेका छन् ।

१० ओभरको खेल जारी रहँदा जिम्बाब्वे १ विकेटको क्षतिमा ८७ रन बनाएर खेलिरहेको छ । नेपालबाट बलिङ गरिरहेका सोमपाल कामीले २ ओभर बलिङ गर्दै २४ रन दिइसकेका छन् । त्यसैगरी पारस खड्काले १ ओभरमै १६ रन दिएका छन् भने बसन्त रेग्मीले पनि ४ ओभर बलिङ गर्दै ३० रन खर्चेर १ विकेट लिएका छन् । ललित राजवंशीले ३ ओभर बलिङ गर्दै १७ रन खर्चिएका छन् ।

प्रकाशित मिति: Mar 4, 2018

प्रतिक्रिया दिनुहोस्