Logo
१२ श्रावण २०८१, शनिबार
(March 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रास्ट्रपति समक्ष ठाकुर र भट्टद्धारा ज्येष्ठ सदस्यको शपथ ग्रहण

काठमाडौँ : प्रतिनिधिसभाका जेष्ठ सदस्य एवम् रास्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र राष्ट्रियसभाका जेष्ठ सदस्य एवम् नेपाली कांग्रेसकी सांसद तारा देवी भट्टलाई राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ सदस्यको सपथ ग्रहण गराएकी छन् । राष्ट्रपति भण्डारीले ठाकुर र भट्टलाई सभामुख चयन पूर्वको सभा संचालनका लागि सपथ ग्रहण गराएकी हुन् ।

राष्ट्रपति कार्यालय सितल निवासमा भएको सो सपथ ग्रहण कार्यक्रममा ठाकुरले मैथिली भाषा र भट्टले नेपाली भाषामा सपथ लिएका छन् । अपराह्न ४ बजे भट्ट र ठाकुरले बानेश्वरस्थित संघीय संसद भवनमा निर्वाचित सांसदलाई दिउँसो चार बजे सपथ खुवाउने छन्।

यसअघि महेन्द्र राय यादवले ज्येष्ठ सदस्यको शपथ खुवाउने भनिए पनि प्राविधिक रुपमा मात्र ज्येष्ठ सदस्य भएका उनी रोकिएका थिए । उनी बिरामी भएको सूचना राष्ट्रपति कार्यालयलाई पठाइएको थियो।

प्रकाशित मिति: Mar 4, 2018

प्रतिक्रिया दिनुहोस्