Logo
१८ बैशाख २०८१, मंगलबार
(March 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्रजीलाई बधाई तर संशोधनमा हाम्रो चासो छ : राजेन्द्र महतो (कुराकानी)

काठमाडौं : नेकपा एमाले, माओवादी केन्द्र र संधीय समाजवादी फोरमबीच करिब-करिब सत्तागठबन्धनमा सम्झदारी भइसकेको भनिएका बेला मधेश केन्द्रित अर्को घटक दल राष्ट्रिय जनता पार्टीले भने त्यस्तो सहमती प्रति आफूहहरुको कुनै चासो नभएको बताएको छ । राजपाले उपेन्द्र यादव र सत्तापक्ष बिच हुनलागिएको भनिएको सहमती उहाँहरुको नितान्त २ दलबीचको भएको धारणा सार्वजनिक गरेका हुन् । राजपा अध्यक्ष मण्डलका शिर्ष नेता राजेन्द्र महतोले सहमती भन्दा पनि संशोधनप्रती आफ्नो चासो रहेको बताए ।

विषेश कुराकानीमा महतोले सरकारमा सहभागिताका लागि फोरमले गर्न लागिएको सम्झदारी नितान्त २ पक्षिय रहेको र त्सप्रति राजपाको कुनै चासो नरहेको बताए । सविंधान संशोधन आफूहरुको प्रमुख चासोको विषय रहेको भन्दै महतोले राजपालाई सरकारमा सहभागी हुन कुनै हत्तार नभएको बताए । महतोले भने ‘राजपाले बिना संशोधन कुनैपनि विषयमा औपचारिक कुरा नगर्ने अडान लिएको छ । जुनकुरा स्ंवय ओली/प्रचण्डलाई थाह छ’ उनले भने ‘हामिलाई संशोधन चाहिएको छ त्यसपछि मात्र अन्य केहि कुरा गर्न सक्छौं, उपेन्द्रजी जस्तो हामिलाई कुनै हत्तार छैन’ ।

कुराकानी :

तपाईहरुकै सहयात्री उपेन्द्र यादव र सरकारबीच करिब–करिब सम्झदारी भइसकेको छ, के भन्नु हुन्छ ?
–सम्झदारी हुनु राम्रै कुरा हो, फोरमलाई बधाई छ, तर हामि फरक २ दल हौं, उहाँहरको प्रत्येक कदममा हाम्रो चासो हुनैपर्छ भन्ने छैन हो, सविंधान संशोधनको विषयमा हाम्रो चासो रहनेछ तर त्यसबारे पनि अहिले नै केहि बोली हाल्नु हत्तारो हुनेछ । त्यसैपनि उहाँले उधारो सहमती गर्ने हो की नगदै गर्ने हो त्यो पनि हेर्न जरुरी छ । सहमती त उहाँले नै कति ओटा बिगतमा गरे त्यो उहाँलाई नै सायद थाह छैन होला अब यो कस्तो सहमती हुने हो त्यो हेर्न बाँकि छ ।

मानौं सहमती भइहाल्यो भने राजपाको के प्रतिकृया हुनेछ ?

–मैले भनीहालेनी, सहमती प्रति हाम्रो कुनै चासो नै छैन, हामिलाई संशोधन चाहिएको छ । र त्यो उपेन्द्रजीकै पहलमा भयो भने उहाँ बधाईको पात्र हुनेछ । हामि त उहाँलाई फूलमाला लगाएर स्वागत गर्नेछौं । तर मात्र सहमती भएर के अर्थ ? हामिलाई त परिणाम चाहिएको छ । उहाँ सरकारमा जाओस सरकारसंग २ तिहाई होस् तर त्यसपछि पनि सरकारले संशोधन गरेन भने हामि सरकारलाई घच्घचाउने छौं, अल्टीमेटम दिनेछौं, त्यसपछि त अरु के के हुन्छ त्यो अहिले नै कहाँ भन्न मिल्छ र ? पहिला हेरै न के हुदो रहेछ । त्यसपछि केहि भनौला ।

राजपाको खास अडान के हो ? सरकारमा जानेबारे तपाँईहरुको के छ विचार ?
मुलतः हामि बिना संशोधन कुनै पनि कुरा सुन्ने पक्षमा छैनौं, स्वयं प्रधानमन्त्री केपि शर्मा ओलीजीलाई नी थाह छ की बिना संशोधन राजपा टसमस हुदैन, हामिसंग उहाँहरुले कयौं पटक प्रयास गरेकै हो अनौपचारिक रुपमा हामिले आफ्ना कुरा स्पष्ट रुपमा राखिसकेका छौं, जून कुरा ओली प्रचण्ड सबैलाई थाह छ । हामि कुनै सहमती÷सम्झौताको पक्षमा छैनौं सरकारले संशोधन गराओस् हामि यो सरकारलाई स्वागत गर्नेछौं । र जहाँसम्म सरकारमा जाने कुरा छ, त्यो पछिको कुरा हो । हामिलाई म्याण्डेट संशोधनका लागि मिलेको हो त्यसपछि कुनै अर्को कार्य गर्न मिल्छ । तर्सथ हामि पहिला संशोधन त्यसपछि मात्र अन्य कुराको पक्षमा छौं ।

भनेपछि उपेन्द्र यादव सत्ता लोलुप्ता भए तपाईहरुको नजरमा ?
होइन होइन त्यसरी उहाँलाई अहिले नै भन्न मिल्दैन, उहाँको अहिलेसम्मको प्रयास सराहनिय छ । एउटा राजनीतिक पार्टीको नेताको हैसियतमा उहाँलाई संवाद गर्दै हुनुन्छ । बिना संशोधन उहाँ सरकारमा गएको खण्डमा मात्र त्यस्तो आरोप लगाउन मिल्छ । अहिले नै भन्न मिल्दैन, उहाँ पनि एउटा पार्टी प्रमुख हुन् उहाँले सबै किसिमको प्रयासहरु गर्नु कुनै गलत कार्य होइन ।

उपेन्द्र यादवसंग पनि तपाईहरुको कुनै खाल छलफल हुदैन है ?
उहाँ आफनो पार्टीका नेताहरुसंग त कुनै छलफल गर्नु हुन्न हामिसंग त किन गर्नु र झन राजनीतिक रुपमा हामि उहाँ कम्टीटेटर पार्टी हौं र हाम्रो राजपामा त कमसे कम ६/६ जना नेतामा धनिभूत छलफल हुन्छ । अनिमात्र हामि कुनै निर्णयमा पुग्छौ तर उहाँको त हैकमवादी स्टाइल छ । उहाँले अरुलाई के नै गन्नु हुन्छर ? उहाँको दलभीत्रको अवस्था हेर्नुहोला नी एक फेर थाह भइहाल्छ नी ।

तर उहाँहरुले त राजपाको कुनै अडान नै छैन, राजपाका नेताहरु पागलछन् भन्दैछन नी ।
त्यो त उहाँले नै आफै बुझने कुरा हो, फेरि हामिले सुनेका छैनौं, कहाँ के बोलेका छन् । यदि उहाँको नजरमा हामि पागल नै हो भने अब के नै भन्ने हो र ? त्यसो त हामिले संविधान संशोधनको गर्दै थियौं र उहाँहरुले पुर्णलेखको कुरा गर्दै हुनुहून्थ्यो तर कहाँ गयो त्यो पुर्णलेखन ? झन उहाँ उपप्रधानमन्त्री भइसकेका नेता अनि अहिले जाबो मन्त्री पदमा जान हतार गरिरहेका छन् । त्यो त उहाँकै कदमले परिचय दिदैछ की पागल को हुन । अरु के नै भन्न सकिन्छ र ?

उपेन्द्र यादव तपाईहरुको सहयात्री हो, की होइन ?
–होइन-होइन , यहाँ सहयात्रीको कुरा छैन, हामि २ पार्टी हौं, उहाँहरुको आफ्नै विचार होलान हाम्रो आफनै छ, हाम्रो पार्टीको आफनै सिद्धान्त छ । हो आन्दोलनको रणभुमीमा हामि कहिलेकाही एउटै मोर्चामा हुन्छौं, राजनीतिक सहयात्री हौं, सहयात्री त एमाले पनि हो, कांग्रेस पनि हो तर विचार फरक फरक कुरा हो र फोरम र राजपाको विचारमा निकै भिन्नता छ ।

जस्तो कस्तो खालको भिन्नता ?
–अब कस्तो खालको भन्ने ? उहाँहरु कम्यिुनिष्ट विचारधारामा विश्वास गर्नुहुन्छ हामि लोकतान्त्रिक विचारधारामा विश्वास गछौं । मेन कुरा त यही हो, फेरि उपेन्द्र जीहरुको बिगत पनि कम्युनिजम नै रहेको छ । उहाँहरु त मौकामा चौका हान्दै आफूलाई मधेशी पार्टी भन्दै नामका मधेशवादी भएर आए तर जव जव मधेशले अधिकार पाउने बेला हुन्छ, तब तब उपेन्द्रजीले बितण्डा मच्चाउनु हुन्छ ।

प्रकाशित मिति: Mar 4, 2018

प्रतिक्रिया दिनुहोस्