Logo
१२ श्रावण २०८१, शनिबार
(March 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सम्पादक सहित कान्तिपुरका संचालक सर्वोच्चमा

काठमाण्डौ : कान्तिपुरको अवहेलना मुद्दामाथि बयान दिन आज कान्तिपुर दैनिकका संचालक सर्वोच्च अदालत पुगेका छन । समय अभावको कारण आजको लागि सारिएको मुद्दाको सुनुवाई शुक्रवारै दिउँसो खाजा पछि हुने बताईएको छ ।
यस मुद्दामा डम्बर शाही र बमकुमार श्रेष्ठको ईजलास तोकिएको अदालतले जनाएको छ ।

प्रधानन्यायधिश गोपाल पराजुलीका चार जन्ममिथि लगायतका विभिन्न समाचारले अदालतको अपहेलना भएको भन्दै कान्तिपुर दैनिकका संचालक ,सम्पादक र संवाददातामाथि मुद्दा परेको छ ।

अधिवक्ता तोयानाथ ढुंगानाले प्रधानन्यायधिश विरुद्ध समाचार लेखेर कान्तिपुरले अदालतकै अपहेलना गरेको भन्दै बुधबार सर्वोच्चमा मुद्दा दायर गरेका थिए । माघ २७ गते कान्तिपुरले प्रधानन्यायधिशका चार जन्ममिति शिर्षकमा समाचार छापेको र सोही कारणले सर्वोच्चमा मुद्दा दायर भएको हो ।

प्रकाशित मिति: Mar 4, 2018

प्रतिक्रिया दिनुहोस्