Logo
१२ श्रावण २०८१, शनिबार
(March 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिटी सेन्टरका सेसेक्युरिटी गार्डको हत्यामा संलग्‍न बस्नेत पक्राउ

काठमाडौं : काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा कार्यरत सेक्युरिटी गार्ड रवीन खवास भुजेलको हत्यामा संलग्नलाई एक ब्यक्तिलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको मेलुङग गाउँपालिका वडा नम्बर ३ हाडी गाउँ (साविक पवटी गाविस वडा नम्बर ३) बस्ने रुद्रबहादुर बस्नेत रहेका छन् ।

मृतक रवीन खवास शुक्रबार बिहान ३ः२० बजे सिटी सेन्टर भवनको भुइँतलामा खसेको अवस्थामा भेटिएका थिए । खवास र बस्नेत दुवै नसामा रहेको र दुईबीच सामान्य विवाद भएको त्यसपछि बस्नेतले खवासको मुख र नाक जबरजस्ती थिची मारेपछि सिटीसेन्टरको चौथो तल्लाबाट खसालेको बस्नेतले स्वीकार गरेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको टोलीले घटनाको अनुसन्धान सुरु गरेको थियो । मृतक खवास र बस्नेत सिटी सेन्टरको बिग मूभिजमा ग्रुप फर कम्पनीमार्फत सेक्युरिटी गार्डका रुपमा कार्यरत थिए । कर्तव्य ज्याद मुद्दामा बस्नेतलाई म्याद थप गरी अनुसन्धान थालिएको छ।

प्रकाशित मिति: Mar 4, 2018

प्रतिक्रिया दिनुहोस्