Logo
१२ श्रावण २०८१, शनिबार
(March 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति कार्यालय अगाडि एक व्यक्तिले गरे गोली चलाई आत्महत्या

काठमाडौं : अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि एक व्यक्तिले आत्महत्या गरेका छन् । ह्वाइट हाउस अगाडि ति व्यक्तिले ह्याण्ड गनले आफैमाथि गोली चलाएका थिए ।

बीबीसीका अनुसार सो घटना हुँदा राष्ट्रपति डोनाल्ड ट्रम्प भने ह्वाइहाउसमा थिएनन् । उनी श्रीमतीसहित फ्लोरिडामा थिए ।

वाशिङगटन पोस्टले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै लेखेको समाचारअनुसार ति व्यक्ति मानिसहरुको भिडभाड भएको क्षेत्रमा उभिएर आफैलाई गोली हानेका थिए । त्यसपछि त्यहाँ मानिसहरुको भागदौड मच्चिएको सामाजिक सन्जालमा पोष्ट भएको भिडियोमा देखिन्छ । घटनामा अन्य व्यक्ति भने घाइते नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Mar 4, 2018

प्रतिक्रिया दिनुहोस्