Logo
१२ श्रावण २०८१, शनिबार
(March 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब महेन्द्रराय यादवले होइन महन्थ ठाकुरले शपथग्रहण गराउने

काठमाडौं : प्रतिनिधिसभाका ज्येष्ठ सदस्यका रुपमा महन्थ ठाकुरले राष्ट्रपतिबाट शपथ लिने भएका छन् । यसअघि महेन्द्र राय यादवले जेष्ट सदस्यको रुपमा राष्ट्रपतिबाट शपथ लिने कार्यक्रम थियो । संसदको कार्यसूचि तयारीका लागि सदनमा प्रतिनिधित्व गर्ने पाँच दलका नेतासँग परामर्शमा नेता रायलाई ज्येष्ठ सदस्यको रुपमा शपथ नगराउने र त्यसको सट्टामा राजपाकै अर्को नेता महन्थ ठाकुरलाई शपथ गराउने सहमति बनेको हो । यादवको वास्तविक उमेर ६३ वर्षको भए पनि नागरिकता अनुसार उनको उमेर ८० वर्ष देखिएको थियो ।

यही आधारमा यादवलाई ज्येष्ठ सदस्यका रुपमा शपथ गराउने तयारी थियो । तर पाँच दलबिचको छलफलमा प्राविधिक रुपमा ज्येष्ठ सदस्य देखिएका यादवलाई शपथ नगराउने सहमति बनेको हो । अब प्रतिनिधिसभाको ज्येष्ठ सदस्यका रुपमा ठाकुरले राष्ट्रपतिबाट शपथ लिने छन् । उनी ७५ वर्षका छन् ।  दिउँसो १ बजे राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुर र राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टलाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: Mar 4, 2018

प्रतिक्रिया दिनुहोस्