Logo
६ जेष्ठ २०८१, आईतबार
(March 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्चमा पत्रकार प्रवेशमा रोक, गेटमै रोकिए बिभिन्न संचारमाध्यमका प्रतिनिधि

काठमाडौँ : सर्वोच्च अदालत परिसर छिर्न पत्रकारलाई रोक लगाइएको छ । अदालत सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले प्रेस पास देखाउँदा पनि सर्वोच्च अदालत छिर्न दिएका छैनन् ।

सूचना विभागको कार्ड लिएर सर्वोच्चमा समाचार संकलनमा गएका राष्ट्रिय–अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकार बाहिर गेटमै बसेका छन् । पत्रकारको कार्ड देख्नेवित्तिकै सुरक्षाकर्मीले अवरोध गरेका छन् ।

मुख्य रजिस्ट्रार राजनप्रसाद भट्टराईले पत्रकारलाई समाचार संकलनमा रोक लगाउने नीति नभएको बताएका छन् । तर, पत्रकार गेटमै रोकिंदा पनि सर्वोच्च प्रशासनले प्रवेश सहज बनाउन सकेको छैन ।

अदालतको अवहेलना मुद्दामा बयानका लागि कान्तिपुरको टोली सर्वोच्च अदालतमा पुगेलगत्तै प्रवेश कडाइ गरिएको हो ।

प्रकाशित मिति: Mar 4, 2018

प्रतिक्रिया दिनुहोस्