Logo
११ श्रावण २०८१, शुक्रबार
(March 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रालयको संख्या बढाउने सरकारको संकेत, फोरमसँग आजै सम्झौता हुने

काठमाडौं : सरकारले मन्त्रालयको संख्या बढाउने संकेत गरेको छ । संसदमा २ तिहाई पु-याउने उद्देश्यले प्रधानमन्त्री केपी ओलीले मन्त्रालय संख्या थपेर १९ पु-याउने तयारी गरेका हुन । यसअघि केन्द्रमा १८ वटा मन्त्रालय बनाउने बाम गठवन्धनवीच सहमति भएको थियो ।

यसैबीच, संविधान संशोधन र फोरमलाई दिइने ३ वटा मन्त्रालयबारे सहमति भइसकेकाले आजै लिखित हस्ताक्षर हुने एमाले नेता कृष्ण गोपाल श्रेष्ठले जानकारी दिएका छन् ।

फोरमलाई परराष्ट्र र संघीय मामिला मन्त्रालय दिने भनिएपनि थप एक मन्त्रालयको भने टुंगो लागिसकेको छैन । दुई पार्टीको बैठक सिंहदरवारमा मध्यान्ह बसेर सहमतिको खाकालाई औपचारिक रुप दिइने नेता श्रेष्ठको भनाइ छ ।

पार्टीले उठाउँदै आएको संविधान संसोधनको मुद्दामा बाम गठबन्धन आवश्यकता र औचित्यताका आधारमा अघि बढ्न सरकारात्मक भएपछि बाँकी बिषयमा प्याकेजमै सहमति गर्दै सरकारमा सहभागी हुन लागेको फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: Mar 4, 2018

प्रतिक्रिया दिनुहोस्