Logo
१२ श्रावण २०८१, शनिबार
(March 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेशमा कर्मचारीको चरम अभाव, सेवाप्रवाहमा कठिनाइ

काठमाडौं : प्रदेशहरुमा कर्मचारीको चरम अभाव देखिएको छ । सरकारले बारम्बार तोकिएको ठाउँमा कर्मचारीलाई जान निर्देशन गरेपनि उनीहरुले नमान्दा सेवाप्रवाहमा नै कठिनाइ सिर्जना भएको हो ।

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कर्मचारी अभावले जनताको सेवाप्रवाह, कार्यसम्पादन, कानून निर्माणमा कठिनाइ भइरहेको बताउछन् ।

मुख्यमन्त्री पौडेलले केन्द्रबाट प्रदेश र स्थानीय तहमा कर्मचारी नपठाएर आफूहरुलाई असफल बनाउन खोजिएको गुनासो गर्छन । ‘स्थानीयतह स्थापना भएको दश महिना भइसक्यो, प्रदेश सरकार स्थापना गर्न कर्मचारीकै कारण मुख्य समस्या भएको छ ।’ मुख्यमन्त्री पौडेलले भने,‘ कर्मचारी चाहियो भनेर मौखिक र लिखित जानकारी गराउँदा केन्द्रले किन बेवास्था गरेको बुझ्न सकिएको छैन ।’

केन्द्रका कर्मचारीले अधिकार दिन नचाहेको र राजनीतिक नेतृत्वले पनि अधिकार बढी भयो भनिरहेको आवाज एकैसाथ आएकाले आफूहरुलाई असफल बनाउन भएका प्रयास बिफल बनाउन प्रदेश र स्थानीयतहबीचको सम्बन्ध सुमधुर हुनुपर्ने उनी बताउछन् ।

यो त एउटा उदाहरण मात्रै हो । अन्य प्रदेशमा समेत कर्मचारीको चरम अभाव छ । कोही ठाउँमा सरकारले खटाएको बेला कर्मचारी गएका छैनन् भने कोहीमा सरकारलेनै कर्मचारी खटाएको छैन् । यसले संघीयता कार्यान्वयनमा थप जटिलता थपेको जानकारहरु बताउछन् ।

प्रकाशित मिति: Mar 3, 2018

प्रतिक्रिया दिनुहोस्