Logo
१२ श्रावण २०८१, शनिबार
(March 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वोत्तरमा पनि भाजपा : २५ वर्षदेखि त्रिपुरामा कम्युनिष्टको शासन अन्त्य

भारतको पूर्वोत्तरमा पनि भाजपाले पकड बनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीले यस जितका लागि सबै नेता कार्यकर्तालाई बधाई तथा शुभकामना दिएका छन् । भारतका पूर्वोत्तर तीन राज्य त्रिपुरा, मेघालय र नगाल्याण्डमा विधानसभा चुनावको मतगणना भइरहेको छ । त्रिपुरामा १८ फेब्रुअरी तथा मेघालय र नगाल्याण्डमा २७ फेब्रुअरीमा मतदान भएको थियो ।

तीनै राज्यमा शनिबार मतगणना भइरहेको हो । एबिपि न्यूजका अनुसार तीन राज्य मध्ये धरैको ध्यान त्रिपुरामा रहेको छ किनकी यहाँ गएको २५ वर्षदेखि कम्युनिष्टको शासन रहेको छ । तर यसपटक भारतीय जनता पार्टीले कम्युनिष्टलाई पछि पार्ने देखिएको छ । ६० सिट रहेको विधानसभामा भाजपाले ३० सिटीमा अग्रता लिएको छ भने कम्युनिष्ट पार्टीले १९ सिटमा अग्रता लिएको छ ।

त्रिपुरामा ५९ सिटका लागि मतदान भएको हो । चारीमाल विधानसभा सिटका प्रत्यासी रामेन्द्र नारायणको निधन भएकाले चुनाव रोकिएको छ । अब मार्च १२ मा मतदान हुनेछ । सन् १९९३ देखि सत्तामा रहँदै आएको माक्र्सवादी कम्युनिष्ट पार्टी नेतृत्वको वाम गठबन्धनको सरकार रहे पनि यसपटक क्रम तोडिने देखिएको छ । सन् २०१३ मा भाजपाले त्रिपुरामा ५० स्थानमा उम्मेदवारी दिएकोमा ४९ जनाको जमान नै जफत भएको थियो । तर अहिले ठूलो दल बन्ने संकेत देखिएको छ ।

मेघालयमा पनि अहिले मतगणना भइरहेको छ । प्रारम्भीक नतिजामा कांग्रेसले अग्रता लिएको छ । त्यहाँ अहिले पनि कांग्रेसकै सरकार छ । मेघालयमा ५९ सिट रहेको मेघालयमा कांग्रेसले अहिले १६ सिटमा अग्रता लिएको छ । नगाल्याण्डमा भने भाजपा गठबन्धन र नगा पिपुल्स फ्रन्टबिच कडा प्रतिस्पर्धा देखिएको छ । ५९ सिट रहेको नगाल्याण्डमा भाजपाले नेशनलिस्ट डेमोक्र्याटिक प्रोग्रेशिव पार्टीसँग गठबन्धन गरेको छ ।

प्रकाशित मिति: Mar 3, 2018

प्रतिक्रिया दिनुहोस्