Logo
१२ श्रावण २०८१, शनिबार
(March 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महतोले पनि मैथिलीमै सपथ लिने, अर्को निवेदन दिदै हिन्दीमा सपथ नलिने जानकारी

काठमाडौं : राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोपनि मैथीली भाषामै सपथ लिने भएका छन् । राष्ट्रिय जनता पार्टीले समाहिक रुपमा बुझएको पत्रमा महतोले हिन्दीमा सपथ लिने बताएका थिए । उल्लेख थियो तर उक्त समाचार सार्वजनिक भएलगतै उनले शनिवार ब्यक्तिगत निवेदन दिदै मैथीली भाषामा सपथ लिने जनाएका छन् ।

संसद सचिवालयले मातृभाषामा सपथ लिन चाहने सांसदलाई फागुन १८ गतेसम्म जानकराी गराउन समय दिएको छ। हालसम्म ४० भन्दा बढी सांसदले मातृभाषामा सपथ लिने जानकारी गराएका हुन् । सपथको व्यहोरासमेत सम्बन्धित सांसदले अनुवाद गरेर संसद सचिवालयाई दिनुपर्ने हुन्छ । नेपालीपछि सबैभन्दा धेरै मैथिली भाषामा सपथ लिन सांसदहरुले सूचना संसद सचिवालयमा दिएका छन् ।

राष्ट्रिय सभातर्फ मैथिलीमा बृषेशचन्द्र लाल, डा. सुरेन्द्रकुमार यादव, प्रमिला कुमारी, सूर्यनारायण यादव (सुरज)ले सपथ लिँदैछन्। त्यस्तै हिन्दीमा रमेश यादव र बज्जिका भाषामा रामप्रित पासवानले सपथ लिदैँछन् । प्रतिनिधिसभातर्फ नेवारीमा राजेन्द्र श्रेष्ठले सपथ लिँदैछन्। मगर भाषामा वर्षमान पुन र ओनसरी घर्तीले सपथ लिदैछन्। घर्ती पूर्वसभामुख हुन् ।

मैथिलीमा उपेन्द्र यादव, उमाशंकर अरगरिया, चन्द्रकान्त चौधरी, दुलारीदेवी खत्वे, सुरेशचन्द्र दास, शरतसिंह भण्डारी, राजकिशोर यादव, महन्थ ठाकुर, रेणुकुमारी यादव, दिलकुमारी, मातृका यादव, इन्दुकुमारी शर्मा र मिनाक्षी झाले सपथ लिँदैछन् । हिन्दीमा अनिलकुमार झा, प्रमोद शाह, लक्ष्मणलाल कर्ण, अमृता अग्रहरी, रानी मण्डल, सरिता गिरी र चन्दा चौधरीले सपथ लिँदैछन् ।

अवधीमा मुअम्मद इस्तियाक राइले सपथ लिँदैछन् । त्यस्तै भोजपुरीमा प्रदीप यादव, रामबाबुकुमार यादव, रामसहायप्रसादय यादव, हरिनारायणप्रसाद रौनीयार र अकवाल मियाँले सपथ लिँदैछन् । थारु भाषामा गंगा चौधरी सत्गौवा, शान्ता चौधरी र रेशमलाल चौधरीले सपथ लिँदैछन् । त्यस्तै तामाङ भाषामा हितबहादुर तमाङले सपथ लिँदैछन् ।

बज्जिका भाषामा महिन्द्रराय यादवले सपथ लिँदैछन् । उनले भने जेष्ठ सदस्यको हैसियतमा राष्ट्रपति समक्ष सपथ लिनेछन् । यादवको सपथ २० गते दिउँसो १ बजे हुनेछ । त्यस्तै उर्दु भाषामा रोहीनाजले सपथ लिँदैछन् । संसद सचिवालयले आउँदो २० गते ३ बजे राष्ट्रिय सभाका सांसद र ४ बजे प्रतिनिधि सभाका सांसदका लागि सपथ राखेको छ।

प्रकाशित मिति: Mar 3, 2018

प्रतिक्रिया दिनुहोस्