Logo
१२ श्रावण २०८१, शनिबार
(March 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आत्मसमर्पण गरेका रेशम चौधरी हिरासतमा, फरार रहेका सिलवाल संसद भवनमा

काठमाडौं : सरकारी कागजात किर्ते मुद्दाका अभियुक्त तथा प्रहरीको खोजी सुचिमा रहेका पूर्व डीआइजी एवं सांसद नवराज सिलवाल शनिवार संसद भवनमा देखिएका छन् । एमाले र माओवादीका सांसदहरुको संयुक्त वैठकमा भाग लिन उनी वानेश्वरस्थित संसद भवन पुगेका हुन् । गेटमा रहेका प्रहरीले उनलाई रोकेनन् बरु नमस्कार गरेका छन् ।

तर कैलालीबाट निर्वाचित संसद रेशम चौधरी अदालतसमक्ष आत्मसमर्पण गरेपनि उनी करागार पुगेका छन् । उनी आइतबार सपथ लिन पाउने होकी होइनन् भन्ने स्पष्ट हुन सकेको छैन ।

नक्कली कार्य सम्पादन मूल्याङ्कनमा सर्वोच्चको अदालतको फैसलापछि सोधपुछका लागि प्रहरीले पक्राउ पूर्जी काटेर उनलाई लामो समयदेखि खोजी गर्दै आइरहेको थियो । गत पुसमा ललितपुर प्रहरीले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो भने उनलाई भट्टेडाँडामा खोज्न प्रहरीको फौज नै पठाएको थियो । त्यसपछि उनीविरुद्ध डिफ्युजन नोटिस नै जारी गरिएको थियो ।

यति गर्दा पनि सिलवाललाई प्रहरीले भेटाउन सकिरहेको थिएन । त्यसबीचमा सिलवाल सामाजिक सञ्जालबाट आफ्ना भनाई राख्दै आएका थिए । प्रधानमन्त्रीका रुपमा एमाले अध्यक्ष केपी ओली निर्वाचित भएपछि उनी बालुवाटर समेत पुगिसकेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले ललितपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पुर्वडीआईजी सिलवालविरुद्ध सरकारी छाप दस्तखत किर्तेको मुद्धा चलाउन राय दिएको छ ।

सरकारले प्रकाश आर्यललाई आईजीपिमा नियुक्त गरेपछि त्यस निर्णयविरुद्ध सिलवालले सर्वोच्च अदालतमा रिट निवेदनसँगै पेस गरेको सरकारी कागजातमा किर्ते गरेको आरोप उनीमाथि छ । यतिबेला उनको मुद्दा महान्यायीधिवक्तको कार्यालयमा थन्किएर बसेको छ ।

यता, तत्कालिन टिकापुर थारु आन्दोलनमा भएको हिंसामा मुछिएका कैलालबिाट निर्वाचित सांसद चौधरी भने कारागारमा थुनामा छन् । अदालतको पत्रपछि सासंद चोधरी अदालतसमक्ष उपस्थित भएका थिए । अदालतले उनलाई पुर्पक्षका लागि करागार पठाएका छन् । वारेसमार्फत निर्वाचनमा उम्मेदवारी दिएका चौधरीलाई जनताले भारी बहुमत दिएर जिताएका छन् । उनले आफ्नो पार्टीमार्फत थारु भाषामा सपथ लिने निवेदन दिएता पनि उनको सपथबारे संसद सचिवालयले केहि स्पष्ट पारेका छैनन ।

 

 

प्रकाशित मिति: Mar 3, 2018

प्रतिक्रिया दिनुहोस्