Logo
१२ श्रावण २०८१, शनिबार
(March 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ सांसदप्रति लक्षित एमाले माओवादीे सांसदको संयुक्त बैठक

काठमाठौं : माओवादी र एमालेका सांसदको संयुक्त वैठक आयोजना गरिएको छ । बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रूपमा आफ्ना सांसदलाई प्रशिक्षण दिने भएका छन् ।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उनीहरुको संयुक्त बैठक तथा प्रशिक्षण आयोजना गरिएको हो ।  एमाले र माओवादी केन्द्रका प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्यलाई पार्टीको वैचारिक लाइनसँगै संसद्को प्राविधिक पक्षका प्रशिक्षण दिने तयारी छ ।

यी दुई पार्टीवीच पार्टी एकताका लागि भन्दै सात बुँदे आधारपत्रमा सहमति भएको छ । प्रतिनिधिसभामा एमालेका १ सय २१ जना, राष्ट्रिय सभामा २७ जना सदस्य छन् । यस्तै, माओवादी केन्द्रका प्रतिनिधिसभामा ५३ जना र राष्ट्रिय सभामा १३ सदस्य छन् ।

प्रशिक्षण विशेष गरी नयाँ सांसदप्रति लक्षित छ । सांसदमा कसरी प्रस्तुत हुने, शून्य समयमा के गर्ने, बैठकमा एजेन्डाहरू कसरी प्रस्तुत गर्नेलगायत प्राविधिक विषयमा प्रशिक्षण दिने तयारी छ ।

 

प्रकाशित मिति: Mar 3, 2018

प्रतिक्रिया दिनुहोस्