Logo
१२ श्रावण २०८१, शनिबार
(March 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खोजी सूचीमा रहेका नवराज सिलवाल संसद भवनमा, प्रहरीले गरे नमस्कार

काठमाडौँ : सरकारी कागजात किर्ते मुद्दाका अभियुत्त र प्रहरीको खोजी सूचीमा रहेका सांसद नवराज सिलवाल संघीय संसद भवनभित्र पुगेका छन् । एमाले–माओवादीतर्फबाट संघीय संसदमा निर्वाचित सांसदहरुलाई प्रशिक्षण दिन आयोजना गरिएको कार्यक्रममा भाग लिन सिलवाल संसद भवन नयाँ बानेश्वर पुगेका हुन् ।

उनी शनिबार बिहान करिव पौने ११ बजेतिर भवन पुगेका थिए । प्रशिक्षण कार्यक्रम ११ बजेलाई बोलाइएको थियो ।सिलवाल संसद भवन पुग्दा त्यहाँ रहेका नेपाल प्रहरीका मर्यदापालकहरुले उनलाई सैलुट गरेका थिए ।  भवनभित्र उनी एक्लै गएका थिए । संसद भवन छिर्नुअघि उनले हात हल्लाएका थिए ।

कोट, सर्ट, पाइन्ट र ढाका टोपीमा सजिएर उनी संसद भवन पुगेका थिए । पार्टी एकता गर्ने गरी अघि बढिरहेका दुई पार्टीले संसदीय गतिविधिमा कसरी अघि बढ्ने भनेर सांसदहरुलाई प्रशिक्षण दिन लागेका हुन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपि शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले प्रशिक्षणमुलक मन्तव्य दिने छन् । संघीय सांसदहरुको शपथ आइतबार हुँदैछ ।

 

प्रकाशित मिति: Mar 3, 2018

प्रतिक्रिया दिनुहोस्