Logo
५ जेष्ठ २०८१, शनिबार
(March 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बीआईए ह्विलचेयर म्याराथन आयोजना हुने

काठमाडौँ : शनिबार राजधानीमा बीआईए ह्विलचेयर म्याराथन आयोजना हुने भएको छ । बीआईए फाउन्डेसनको आयोजनामा हुन लागेको उक्त म्याराथन भृकुटीमन्डपबाट सुरु हुने दौड टुँडिखेल, घन्टाघर र पुतलीसडक हुँदै भृकुटीमन्डपमा आएर सकिने छ ।

फाउन्डेसनका प्रबन्ध निर्देशक गोकर्ण ढु‌ंगानाले प्रतियोगितामा दुई सयभन्दा बढी ह्विलचेयर प्रयोगकर्ताको सहभागिता रहने जानकारी दिए। महिला र पुरुष दुवैतर्फको विजेताले समान २५ हजार , उपविजेताले १५ हजार र तेस्रो हुने टोलीले १० हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगीले प्रतिस्पर्धा गरिरहँदा मन्त्री लालबाबु पन्डित, ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआईजी सर्बेन्द्र खनाल र छोग्याल रिम्पोछेले पिकअप भ्यानमा उभिएर उनीहरुलाई पछ्याउनेछन्।

फाउन्डेसनका स‌ंस्थापक छोग्याल रिम्पोछेको जन्मदिनका अवसरमा बीआईएले लगातार दोस्रो वर्ष प्रतियोगिता आयोजना गर्न लागेको हो। बीआईएले अपा‌ङ्गता भएका मानिसहरुलाई सिपमूलक कार्यक्रम सन्चालन गर्ने गरेको प्रबन्ध निर्देशक ढुंगानाले जानकारी दिए।

प्रकाशित मिति: Mar 2, 2018

प्रतिक्रिया दिनुहोस्