Logo
१२ श्रावण २०८१, शनिबार
(March 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रभावकारी रुपमा सुरक्षामा जुट्न गृहमन्त्रीद्वारा सशस्त्र प्रहरीलाई निर्देशन

काठमाडौं : प्रभावकारी रुपमा सुरक्षामा जुट्न सशस्त्र प्रहरीलाई गृहमन्त्री रामबहादुर थापा बादलले निर्देशन दिएका छन् ।

आज सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको निरीक्षण पछि सम्बोधन गर्दै उनले सो निर्देशन दिएका हुन् । गृहमन्त्री थापाले सशस्त्र प्रहरी बल चेन अफ कमाण्डमा चल्नु पर्ने भएको हुँदा सवैले आफ्नो तहगत संरचना बमोजिमको जिम्मेवारीलाई अक्षरस पुरा गर्न समेत निर्देशन दिए ।

मुलुक नयाँ शिराबाट रुपान्तरण हुँदै समृद्ध नेपाल निर्माणको दिशातर्फ अग्रसर रहेको चर्चा गर्नुहुँदै गृहमन्त्रीले भने, ‘सीमा सुरक्षा, विपद व्यवस्थापन, विशिष्ट व्यक्तिको सुरक्षा लगायत महत्वपूर्ण जिम्मेवारीहरुमा सशस्त्र प्रहरी बल सफल रहेको छ ।’

उनले सीमित साधनश्रोतका बाबजुद उल्लेखनीय कार्य गरिरहेको सशस्त्र प्रहरी बललाई आवश्यक पर्ने श्रोत साधनको उपलब्धताको लागि गृहमन्त्रालयले संभव भएसम्मको प्रयास गर्ने समेत दाबी गरे ।

गृहमन्त्री थापाले प्रहरी नेतृत्वलाई व्यक्तिगत उन्नति र समृद्धिभन्दा माथि उठेर देश र जनताको हितमा समर्पित रहँदै कार्यक्षेत्रमा उत्कृष्ट कार्य गर्दै आफूलाई नमूनाको रुपमा प्रस्तुत गर्न समेत निर्देशन दिए ।

प्रकाशित मिति: Mar 2, 2018

प्रतिक्रिया दिनुहोस्