Logo
१२ श्रावण २०८१, शनिबार
(March 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बन्द उद्योग,कलकारखाना पुनःसञ्चालनमा ल्याइने : मन्त्री यादव

धनुषा : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले बन्द उद्योग तथा कलकारखाना पुनःसञ्चालनमा ल्याउनका लागि पहल गर्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र) धनुषाले होली पर्वको अवसरमा शुक्रबार जनकपुरमा होली पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले बन्द कारखाना छिट्टै नै सञ्चालनमा ल्याउने बताए ।

जनकपुरस्थित बन्द रहेको जनकपुर चुरोट कारखाना लिमिटेडमा प्रादेशिक मन्त्रालय स्थापना भएको हुँदा कारखाना सञ्चालनमा ल्याउन समस्या हुने भन्दै उनले जचुकालीमा प्रादेशिक मन्त्रालय स्थापना भएको अवस्थामा मन्त्रीहरुको आवासका लागि अन्तै निवास व्यवस्था गर्न प्रादेशिक मुख्यमन्त्रीलाई आग्रह गरे ।

मन्त्री यादवले समाजवादको आधार तयार नभएसम्म देश प्रगतिको बाटोमा अगाडि बढ्न नसक्ने बताए । समाजवादको दिशामा अगाडि बढ्नका लागि सम्पूर्ण नेपालीको आर्थिक विकास समान रुपमा हुनु आवश्यक रहेको उनको भनाइ थियो ।

 

प्रकाशित मिति: Mar 2, 2018

प्रतिक्रिया दिनुहोस्