Logo
१२ श्रावण २०८१, शनिबार
(March 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लासा ज्वरोका कारण ७२ जनाको मृत्यु

नाइजेरिया : नाइजेरियाको लासा ज्वरोका कारण अहिलेसम्मकै सवैभन्दा धेरै ७२ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकी देशमा पाइने एक प्रकारको मुसा (मस्टोमिस) को पिसाव वा उसलाई छोएका कारण लाग्ने रोगलाई डब्लुएचओले लासा ज्वरोको संज्ञा दिएको छ ।

प्रयोगशालामा परिक्षण गर्दा ३१७ जनामा लासा ज्वरो पुष्टी भएको र ती मध्ये ७२ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार जनाएको छ । नयाँ बर्षको बेला देखि सुरु भएको पत्ता लागेको यस्तो ज्वरो नाइजेरियाका १८ ओटा राज्यमा फैलिएको नाइजेरिया रोग नियन्त्रण केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: Mar 2, 2018

प्रतिक्रिया दिनुहोस्