Logo
१२ श्रावण २०८१, शनिबार
(March 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्री पण्डितलगायत ३५ सांसदलाई मञ्चद्वारा सम्मान तथा बधाई

काठमाडौँ : पूर्व सांसद मञ्च, नेपालले आफ्ना आजीवन सदस्य पुनःसंघीय संसद्का सदस्य बनेका मन्त्री तथा प्रतिनिधिसभाका सदस्यलाई बधाई तथा सम्मान गरेको छ । सिंहदरबारस्थित मञ्चको कार्यालयमा शुक्रबार आयोजना गरेको कार्यक्रम मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितलगायत संघीय संसद्का ३५ जना सदस्यलाई बधाई तथा सम्मान गरीएको हो ।

मन्त्री पण्डितले पूर्व सांसदलाई स्वास्थ्य बीमाका लागि आफूले पहल गर्ने उल्लेख गर्दै सरकारले पैसा नदिने तर सरकारी अस्पतालमा बिरामी भएका उपचार गर्ने व्यवस्था गर्नुपर्ने बताए ।

मन्त्री पण्डितले भने, “उपचार खर्च दिँदा कतिपय अवस्थामा सरकार बदनाम पनि भएको छ, सरकारले पैसा दिने भएपछि विदेशमा गएर उपचार गर्ने चलन छ, त्यो रोक्नुपर्छ, धनीलाई भन्दा पनि कम पहुँच र कमजोर आर्थिक अवस्था भएकालाई दिनुपर्छ ।

काठमाडौँमा उपत्यकामा धुलोले क्यान्सरको मात्र बढाउने देखिएको अध्ययनबाट थाहा भएको उल्लेख गर्दै उनले एक वर्षभित्र काठमाडौँलाई धुलोमुक्त बनाउनका लागि योजनाबद्ध रुपमा काम गर्ने बताए । मञ्चका अध्यक्ष श्रेष्ठले सरकारले पूर्व पदाधिकारीलाई सुविधा दिने र पूर्व सांसदलाई नदिने गर्न नहुने उल्लेख गर्दै सबै सांसदबाटै गएको हुँदा सुविधा दिए सबैलाई दिनुपर्ने नदिए कसैलाई पनि दिन नहुने माग गरे ।

प्रकाशित मिति: Mar 2, 2018

प्रतिक्रिया दिनुहोस्