Logo
१२ श्रावण २०८१, शनिबार
(March 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अस्ट्रेलियामा काम लगाइने प्रलोभन देखाउदै करोडौँ ठगी गर्ने तीन पक्राउ

काठमाडौँ : अस्ट्रेलियामा काम लगाइदिने प्रलोभन देखाउदै आधा दर्जन व्यक्तिहरुबाट करोडौँ रुपैयाँ ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले नेपाल जब प्लेसमेन्ट नामको रिक्रुटर कम्पनीबाट फुड प्याकको काममा अस्ट्रेलिया पठाइदिने भन्दै सात जनाबाट १ करोड ५४ लाख रुपैयाँ ठगी गरेका थिए ।

पक्राउ पर्नेमा काठमाडौँको टोखा बस्ने २५ वर्षीय रोशन कार्की, मोरङ बेलबारी बस्ने पूजा प्याकुरेल भुजेल र उनका श्रीमान दाङ घर भएका शक्ति भुजेल रहेका छन् ।

कम्पनीका सञ्चालक कार्कीले रोजगारीका लागि अस्ट्रेलिया पठाइदिन्छु भन्दै पीडितहरुबाट रकम उठाएर केही रकम आफू राखेर पूजालाई पठाउने गरेका थिए । पूजाले त्यहाँबाट भारतको नयाँ दिल्लीमा रेष्टुरेन्टमा काम गर्ने दिपक श्रेष्ठलाई उनको भाई सन्तोष श्रेष्ठमार्फत सो रकम पठाउने गरेकी थिइन् ।

दीपकले पीडितहरुलाई नक्कली भिषा दिएएर भारतको नयाँ दिल्लीस्थित युनिक होटलमा करिब एक महिना राखेका थिए । एक महिनासम्म पनि आफूहरुलाई उडाउन नसकेपछि पीडितहरु काठमाडौँ फर्केर महानगरीय प्रहरी परिसर काठमाडौँमा उजुरी गरेका थिए । परिसरबाट खटेको टोलीले तीन जनालाई पक्राउ गरी ठगी र बैंकिङ कसुर मुद्दामा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: Mar 2, 2018

प्रतिक्रिया दिनुहोस्