Logo
११ श्रावण २०८१, शुक्रबार
(March 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुससँग रहेको मिसाइललाई अमेरीकी प्रतिरक्षा प्रणालीले पनि रोक्न सक्दैन : पुटिन

रुसमा हुन लागेको राष्ट्रपति चुनावभन्दा अघि राष्ट्रपतिको रुपमा आफ्नो आखिरी भाषणमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूसँग संसारको जुनसुकै कुनामा मार हान्न सक्ने मिसाइल रहेको बताएका छन् । उनका अनुसार सो मिलाइलले हरेक लक्ष्यलाई ध्वस्त बनाउन सक्नेछ । पुटिनले मिसाइल रोक्न असम्भव हुने दावी पनि गरेका छन् ।

पुटिनको सम्बोधनलाई रुसी सरकारी टीभीले देखाएको थियो । सो क्रममा पुटिनले मानिसहरुका अगाडि एउटा मार्गचित्र पनि प्रस्तुत गरे । यसमा पुटिनले रुसले तयार गरिरहेकोे एक ड्रोन देखाए जो पन्डुब्बीहरुबाट छोड्न सकिनेछ र जसले परमाणु हमला गर्न सक्षम हुनेछ ।

पुटिनले अगाडि बोल्दै भने – रुससँग रहेको मिसाइललाई यूरोप र एशिया भर छरिएर रहेको अमेरीकी प्रतिरक्षा प्रणालीले पनि रोक्न सक्दैन । पुटिनले रुसी संसदमा लगभग दुई घण्टासम्म सम्बोधन गरेका थिए । रुसी राष्ट्रपतिको भनाई अमेरीकाको राष्ट्रपति डोनाल्ड ट्रम्पको सैन्य तागत बढाउने बयानको जवाफ भएको समिक्षकको भनाइ रहेको छ । अमेरीकाले पछिल्लो महिना आफ्नो परमाणु भण्डारलाई बढाउने र सानो खालको आणविक बम बनाउने बयान दिएको थियो ।

अमेरीकाको सो भनाई कुनै न कुनै हिसाबले रुसलाई चुनौती दिन आएको मानिएको थियो । चीन र अमेरीका पनि संसारको जुनसुकै स्थानमा मार हान्न सक्ने यस्तो मिसाइल निर्माण गर्ने कोसिस गरिरहेका छन् । तर, पुटिनले आफ्नो भाषणमा रुसले आफ्नो सैन्य तागत संसारमा शान्ति स्थापनाको लागि सशक्त बनाएको प्रष्टिकरण दिए । अन्तयमा पुटिनले यो भन्न छुटाएनन् कि रुसबिरुद्ध यदी कसैले परमाणु हतियार प्रयोग गर्छ भने रुसले त्यसको जवाफ दुई गुणा शक्तिले दिनेछ ।

प्रकाशित मिति: Mar 2, 2018

प्रतिक्रिया दिनुहोस्