Logo
११ जेष्ठ २०८१, शुक्रबार
(March 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

होली कार्यक्रममा खुकुरी प्रहारबाट एकको मृत्यु

धनगढी : कैलालीको टीकापुरमा होली कार्यक्रममा सहभागी भएका एक व्यक्तिलाई खुकुरी प्रहार गरी गएराति हत्या गरिएकोे छ ।

सांस्कृतिक समाज टीकापुरको आयोजनामा स्थानीय खुलामञ्चमा होली कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा राति ११ः४५बजेको समयमा अज्ञात समूहको खुकुरी प्रहारबाट टीकापुर नगरपालिका–२ का २१ वर्षीय करन थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता सागर बोहराले बताए ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका थापाको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाइएको छ । घटनामा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ ।

प्रकाशित मिति: Mar 2, 2018

प्रतिक्रिया दिनुहोस्