Logo
१२ श्रावण २०८१, शनिबार
(March 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१ नम्बर प्रदेशलाई नमूना प्रदेश बनाउने प्रादेशिक सरकारको चाहाना : मुख्यमन्त्री राई

इटहरी : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शासन ब्यक्तिको होइन विधिको हुनुपर्छ भन्ने जेसीज युवाको उदाहरणीय सिद्धान्त एवं प्रजातान्त्रिक शैलीबाट राज्य बनाउने शिक्षा लिँदै देश निर्माणको पक्षमा लाग्ने बताएका छन् ।मुख्यमन्त्री राईले बिहीबार सुनसरी जिल्लाको रामधुनी नगरपालिकाको झुम्का जेसीजको १३ पदस्थापन तथा झुम्का जेसीजको नयाँ भवनको उद्घाटन समारोहपछि सो कुरा बताएका हुन् ।

उनले प्राकृतिक सम्पदाको धनी १ नम्बर प्रदेशलाई समृद्धितिर लैजान जेसीजमा आबद्ध जेसीजका समाजप्रति समर्पित युवाको सकारात्मक सोच आवश्यक छ भने । राईले देशका अरु प्रदेशभन्दा पृथक ढंगले १ नम्बर प्रदेशलाई नमूना प्रदेश बनाउने प्रादेशिक सरकारको चाहानालाई घनिभूतरुपमा सफल तुल्याउन साझा अभियानमा सबैको छलफल एवं सहकार्य जरुरी रहेको उल्लेख गरे ।

उक्त कार्यक्रममा झुम्का जेसीजका नयाँ पदाधिकारीको पदस्थापन एवं वर्षभरि समाज सुधारमा उल्लेखनीय कार्य गर्नुहुने जेसीज पदाधिकारीलाई पुरस्कार एवं सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । उक्त अवसरमा प्रदेशमा विपक्षी दलका नेता एवं सांसद राजीव कोइराला रामधुनी नपाका प्रमुख जयप्रकाश चौधरी हेमराज फुयाल र सोम गौतमले पनि आआफ्नो विचार राखेका थिए । झुम्का जेसीजले रामधुनी नगरपालिका र जेसीज पदाधिकारीको सहयोगमा कूल रु १५ लाखको लागतमा एक कट्ठा जमिन क्षेत्रमा निर्माण गरिएको ५०० दर्शक क्षमताको झुम्का जेसीज भवन निर्माण गरेको हो ।

प्रकाशित मिति: Mar 2, 2018

प्रतिक्रिया दिनुहोस्