Logo
१२ श्रावण २०८१, शनिबार
(March 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दलाइ लामाका गतिविधिमा संलग्‍न नहुन र चासो नदेखाउन मोदीको निर्देशन

चीनसँगको बिग्रदो सम्बन्धलाई ध्‍यानमा राख्‍दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा निर्वासनमा रहेका दलाइ लामाका गतिविधिमा संलग्‍न नहुन र चासो नदेखाउन सरकारका वरिष्ठ मन्त्री तथा सम्बन्धित प्रसाशनिक निकायलाई निर्देशन दिएका छन्।

भारतीय दैनिक इन्डियन एक्प्रसेसका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनसँगै सरकारका विदेश सचिव विजय गोखलेले एउटा सरकारी विज्ञप्ति जारी गरेको छ। सो वक्तव्‍यमा भनिएको छ ‘चीन दलाइ लामालाई पृथकतावादी बताइरहेकाले सरकारका सम्बन्धित निकायलाई दलाइ लामाका कुनै पनि गतिविधिमा संलग्‍न नहुन आग्रह गर्दछु।’

यसअघि चीनमा समेत राजदूत रहिसकेका गोखलेले सिन्हा मार्फत’क्‍याबिने सचिव’ पीएन सिन्हाले सरकारका विभागहरुलाई गोखलेको विज्ञप्तिमार्फत दलाइ लामाको कार्यक्रम बहिस्कार गर्न निर्देशन जारी गरेको बताइएको छ। उसले भनेको छ, ‘हामी सबैले बुझ्‍नुपर्छ की यो कार्यक्रम वृहत रुपमा ‘धन्‍यावाद इण्डिया’ भनेर नयाँ दिल्‍लीस्थित त्‍यागाराज स्पोर्ट्स कम्प्लेक्समा गर्दैछ।

दलाइ लामाले पक्‍कै पनि सरकारका सबै मन्त्रालय, विभाग र विभिन्‍न क्षेत्रका विशिष्ट व्‍यक्तित्वहरुलाई कार्यक्रमको निमन्त्रणाको बाहानामा बोलाउनेछ। त्‍यसकारण सरकारका मन्त्रालदेखि राज्‍यका सम्‍पूर्ण निकायहरुमा उक्त कार्यक्रममा सहभागि नभइदिन अनुरोध छ।’

क्‍याबिनेट सचिवले दलाइ लामाको कार्यक्रममा सहभागि हुनुले भारत र चीनसँगको सम्‍बन्धमा धेरै ठूलो धक्‍का लाग्‍ने उल्लेख गर्दै सकेसम्‍म बहिस्कार गर्न सबैमा आग्रह गरेका छन्। दलाइ लामा चीनबाट भारत आएको ६० औ जयन्तीको अवसरमा अप्रिल १ मा भारको विभिन्‍न ठाउँमा कार्यक्रमको आयोजना गरेका छन्।

प्रकाशित मिति: Mar 2, 2018

प्रतिक्रिया दिनुहोस्