Logo
१२ श्रावण २०८१, शनिबार
(March 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपालाई समेत सरकारमा ल्याउन सरकारले थाल्यो गृहकार्य

काठमाडौं : राजपालाई समेत सरकारमा ल्याउन सरकारले गृहकार्य थालेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले राजपालाई सरकारमा ल्याउन गृहकार्य अघि बढाएको हो ।

संविधान संशोधनको मुद्दामा संघीय समाजवादी फोरमसँंग मात्रै सहमति खोजेर आफुहरुलाई उपेक्षा गरेको राजपाले आरोप लगाएपछि ओली नेतृत्वले राजपासँग पनि छलफलका लागि अन्तीम गृहकार्य गरिरहेको बुझिएको छ ।

प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सरकार गठन प्रक्रियामा बहुमत/अल्पमतको विषय भएपनि राजनीतिक मुद्दा सम्वोधन गर्ने विषयमा कसैलाई उपेक्षा गर्ने नियत नभएको प्रष्ट पारे ।

संविधान संशोधनको मुद्दामा तराई मधेश केन्द्रित राजपा र फोरमलाई समान नजरले हेरिने बताउँदै उनले राजपालाई सरकारमा ल्याउने विषयमा आज वा भोलीबाटै छलफल थालिने जानकारी दिए ।

प्रकाशित मिति: Mar 2, 2018

प्रतिक्रिया दिनुहोस्