Logo
११ जेष्ठ २०८१, शुक्रबार
(March 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तराई/मधेश भेगमा आज होली मनाइदै (भिडियो सहित)

काठमाडौँ : देशको पहाडी भेगमा हिजो नै होली मनाइएपनि तराई मधेश भेगमा आज होली मनाइदैछ । राजधानी उपत्यका समेत देशभर रहेका मधेशीहरु भने औपचारिक रुपमा होली आज शुक्रवार मनाइरहेका छन् । धार्मिक मान्यता र परम्परा अनुसार होलीका दहनपछि मात्र होली मनाइने रितिरिवाज अनुसार मधेशीहरुले आज होली मनाइरहेका हुन् । सरकारले हिजो बिहीबार पहाड र आज तराईरमधेशमा होलीको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

नेपालका सबै जात जातिले मनाउने होली पर्व हिजो पहाडी भेगमा मनाइएको छ । यसै क्रममा राजधानी उपत्यकामा आज मधेशी बाहुल्य भएका संघसंस्थाहरुद्धारा थापाथलीमा भब्य होली महोत्वसको आयोजना गरिएको छ । बिभिन्न राजनीतिक दलका मधेशी नेताहरु समेत बिभिन्न कलाकर्मीको उपस्थिती हुनेछ ।

पहाडी र तराइ क्षेत्रमा दुई दिनसम्म मनाइने होली पर्वका अवसरमा साथी भाइ तथा इष्टमित्रहरु एकठाउँमा जम्मा भएर रंगहरुसँग खेल्दै रमाइलो गर्ने प्रचलन छ । त्रेतायुगमा हिरन्यकश्यपु नामक दानवले आफ्नै छोरा भगवान भक्त प्रल्हादलाई मार्नका लागि आफ्नी बहिनी होलिकाका साथमा आगोमा पठाएका थिए ।

भगवान विष्णुको प्रतापले प्रल्हादलाई आगोले केही नगरे पनि आगोले नजल्ने बरदान पाएकी होलिका भनें सो अग्निमा जलेर नष्ट भएको किम्बदन्ती होली पर्वसँग जोडिएको छ । हिन्दुहरुले यसलाई महत्वपूर्ण चाडका रुपमा लिने गरेको हुदा होलीमा रङ्गहरूको टीका लगाइ मनाउने गरिन्छ । तर पछिल्लो समय युवा पुस्तामा खल्मखुल्ला यौनिक रमाइलो गर्ने पर्वको रुपमा समेत होलीउत्सव बन्दै गएको छ ।

जोगिरा सरररररररर,
कुन तालमे ढोलक नाचे कुन ताल मजीरा
कुन तालमे नटुवा नाचे कुन ताल नजारा
के वोलो सारारारारारारारारारारा
के वोलो सारारारारारारारारारारारा

जोगिरा सारारारारााराररारारा, यो गीत अनि वाक्याशंले तराईको जिवनशैलीलाई टपक्कै टिपेको छ । ढोलक अर्थात चेप्टो खाले विशेष मादल, तराईको विशेष अनि मौलिक ढोलकको तालमा तराईवासीले कुनैपनि शुभकार्य या चाडवाड या समारोहको जनाउ गर्दछन् । अनि यो होली या फागुमा जोगीराको चर्चा चल्दछ । ठ्याक्कै यकिन गरेर जोगीराको अर्थ निकाल्न गाह्रो छ तथापि जोगीरा त्यो हो जो रंग र भाङ्गको तालमा हूल बनाएर एक टोलबाट अर्को टोल, एक अाफन्तकोबाट अर्कोमा अनि एउटा साथीकोबाट अर्को साथीको घरमा पुगी मालपूवा, नरीवल तथा अन्य सुख्खा बदाम, छोकडा खाएर एक अापसमा रङ्ग दलेर खुशियाली साटासाट गरिन्छ ।

जोगि अर्थात केही लिन र केही दिनसंग वास्ता नभएको, सुख्ख र दुख्खको झेलमा नअल्झिएको अनि समपूर्ण रुपमा साधूजस्तो सांसारीक बन्धनवाट टाढिएको मान्छे, जोगीरा, विन्दास अनि फिक्री नभएको मान्छे । मजीरा अर्थात आफूलाई जनाएको हो, फरक तालको नचाई तथापि एउटै समानता सरररररररररर भन्नाले मिठो नशाको रिङ्गटालाई ब्यक्त गरिएको छ । जोगीरा हुनकालागि आज केही मात्रामा भाँगको घोटा पिईन्छ । भाँगको नशाले सबैलाई जोगीरा बनाउँछ कि बनाउँदैन त्यो त दैव जानोस तर भाङ्ग लगायत अन्य नशालु पदार्थको प्रयोग र चाडवाडको सन्दर्भलाई फरक रुपमा देख्न जरुरी छ ।

झण्डै कुरा अन्तै मोडेको, आउनुहोस् तराईकै ढोलकको तालमा गफिअाैं न… पूर्वि तराईका राजवंशी, सन्थाल, मुसहर, थारु, तथा अन्य विभिध जातजातीहरु लगायत पश्चिमी भेगका नेपाली तराईवासीहरुसम्म आज यो रङ्गिन चाड मनाउँदैछन् । अब हामी यस विशेष दिन तरार्इमा पारम्परीक नृत्यको जग सम्हाल्दै अाएका नटुवा समूदायको प्रसङ्ग उल्लेख गर्न चाहन्छौं । डोरीको खाटमा बसेका धोती कुर्ता लगाउनुभएको हजुरवुवाले सुनाउनुहुन्थ्यो र म आज यादगर्दै लेख्दै छु ।

उहिले तराईमा अहिलेजस्तो मनोरञ्जनका साधन थिएनन, रमाईलो गर्नकालागि सिमापारीबाट अार्केष्ट्रा ल्याईन्थ्यो अनि विभिन्न गीतहरुमा नाच्दै अर्केष्ट्राका सदस्यले मनोरञ्जन गराउँदथे । वारीपारी गाउँ थर्किने गरि तेर्सो पारिएको बडेमानको एम्पलीफायरमा आवाज अनि गीतहरु बजिरहन्थ्यो । यस्ता कार्यक्रमहरु नवरात्री या अन्य चाडहरु जस्तै होलीताका ल्याईने चलन अझै छ र यसरी आएका अार्केष्ट्राका सदस्यहरुमा नाच्ने सदस्यहरुलाई नटुवा भनिन्छ, गाउँ-गाउँमा यस्ता नटुवाहरु हुन्छन् जसले पुरुष भएतापनि महिलाको झै देखिने पैतला सम्मको फराक जस्तो पहिरन लगाएर घुमी घुमी नाच्दै नृत्य प्रस्तुत गर्ने गर्दछन् ।

आज होलीमा पनि तराईका धेरै ठाउँहरूमा पारम्परीक नटुवा नृत्यका साथ नटुवाहरु नाच्दछन् । तरार्इको पारम्परीक यी कलाकार समूदायले फागुको रङ्गमा नृत्य प्रस्तुत गर्दै एउटा गाँउबाट अर्को गाँउमा पुग्ने गर्दछ । साईकलका घण्टहरु अनि पाईडलका कुँई कुँई आवाज, खेतका आली आली कुदेका होलीका खेलाडी, घर पछाडीको परालको टाली अनि आँगन छेउको धानको भकारी । थालमा पस्किएको मालपुवा लगायत तरुवा, बगरुवा, माछा मासु अचार अनि तिल या आलसको अदुवा हालेर वनाएको छोपको अचार अनि विभिन्न मिठाईहरु आज विशेष महत्वसहित खाईन्छ । अब हाम्रो पात्रो मोबाईल एप्स, सम्पूर्ण नेपालीजनलाई प्रविधीको एउटै सुत्रमा बाँध्ने सुत्रधार हो र यो सुत्रधारले के पडाड, के तरार्इ नि के हिमाल ?

वास्तवमा अहिलेको जस्तो कृत्रिम रङ्गहरू नभईकन होलीको वास्तविक खेलिने रङ्गहरुमा, पँहेलोकालागि, केशर रातोकोलागी अबिर या लालगुलाल पनि भनिन्छ र चामलको पिठोको सेतो पिठो, चन्दन लगायत अन्य प्राकृतीक रङ्गहरुको चलन थियो । सुस्तरि यी कुराहरुलाई बजारमा सहज उपलब्ध रङ्गहरुले विस्थापन गर्दै गएको हो । ल है लगाएको रङ्ग त भोलीसम्ममा उत्रेला तर होलीको यो भाईचारा र उत्साहका साथै सकारात्मक सोंच कहिल्यै नघटोस् । तरार्इ, पहाड र हिमाललार्इ यसले जोडीरहोस् ।

अझ होलीमा भक्त प्रल्हादलाई आगोमा जलाउन खोज्ने राक्षसनी होलिकालाई दहन गर्ने चलन छ । तराईमा गाईगोरुको गोबरलाई सुकाएर आगोको दाउराकारुपमा प्रयोग गर्न गुईठा बनाउने चलन छ, यस्ता गुईठाहरुलाई खुल्ला ठाँउमा जम्मा गरेर अनि त्यसमा होलीकाको पुत्ला राखेर आगो बालि होलिका दहन गर्दै अन्यायमाथि न्यायको विजयको रूपमा विजय उत्सव मनाउने चलन पनि छ ।

सुस्तरि यस्ता चलनहरु घट्दो क्रममा भने रहेकै हुन् । मिथिला भुमीमा भने धनुषा धामको कचुरीबाट डोला उठाएर जटही लगायत महोत्तरीको मठियानी, जलेश्वर, डाम्ही, धनौरा हुँदै कन्चनवन आएर होली मनाउने धेरै पुरानो चलन छ । यस्तो डोलीको तिर्थालु पदयात्रालाई परिक्रमा भनिन्छ । कन्चनवनमा सकिएको परिक्रमा यात्रीहरु जनकपुरमा आएर अन्तगृह घुमेपछी होलीको समापन गरिन्छ । यस्ता पदयात्रामा राम अनि सीताका कथाहरु अनि भजनहरु गाईन्छ ।

कन्चन वन राम खेले होरी भन्दै गीत गाईन्छ, अस अर्थमा भगवान राम पनि कन्चन बनमा होली खेल्न आएको जनविश्वास र किम्बदन्ती छ । होलीको छनक यस दिनमा अभुतपूर्व रहन्छ । पश्चिम नेपाली तराईहरुमा भने माटोले होली खेल्ने चलन पनि छ, बहुतै सदभावका साथ सुख्खा या भिजेको माटोको सुस्त लेप एकअर्कामा लगाएर होली प्रारम्भ गरिन्छ ।

प्रकाशित मिति: Mar 2, 2018

प्रतिक्रिया दिनुहोस्