Logo
१२ श्रावण २०८१, शनिबार
(March 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संशोधनबारे सहमती तर उपेन्द्रलाई उपप्रधानमन्त्रीमा कुरो मिलेन

काठमाडौं : सरकारमा सहभागिताबारे केही दिनयता जारी नेकपा एमाले माओवादी र फोरमबीचको छलफलमा संविधान संशोधनबारे लगभग सहमती भएको छ । तर फोरम अध्यक्ष उपेन्द्र यादवले आफूलाई उपप्रधानमन्त्री बिना सरकारमा जननमानेपछि बैठक निष्कर्षविहिन भएको छ । यो संगै संघीय समाजवादी फोरमलाई पनि सरकारमा ल्याउने पछिल्लो प्रयास उपप्रधानमन्त्री पदमा आएर रोकिएको छ ।

एक नेताका अनुसार बैठकमा यादवले बिना उपप्रधानमन्त्री सरकारमा सहभागी हननसक्ने बताएका थिए । फोरमलाई परराष्ट्रसहित अर्को एक मन्त्रालय दिन भने सत्ता पक्ष तयार रहँदै आएको छ । ‘म पहिले पनि उपप्रधानमन्त्री भइसकेको छुु, बैठकमा यादवले प्रश्न गरेका थिए, हैसियत घटेर कसरी सरकारमा जानु’ उनको भनाई उदृत गर्दै उक्त नेताले भने ‘उहाँले आफू हैसियत घटाएर सरकारमा सहभागी हुन सक्दिन, म पदलोलुप्ता भएको नेता होइन ।’

यादव झलनाथ खनाल नेतृत्वको सरकारमा यादव उपप्रधान तथा परराष्ट्रमन्त्री बनेका थिए । त्यसअघि प्रचण्ड नेतृत्वको सरकारमा भने उनी परराष्ट्रमन्त्री मात्रै थिए । मन्त्रिपरिषद् विस्तारबारे बाहिर सकारात्मक सन्देश गइरहेको बेला यादवले राखेको अडानले नकारात्मक बुझाइ जाने भएकाे प्रधानमन्त्रीले असहमति राखेको बैठकमा सहभागी ती नेताले बताए ।

प्रकाशित मिति: Mar 1, 2018

प्रतिक्रिया दिनुहोस्