Logo
१२ श्रावण २०८१, शनिबार
(March 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारी उद्योगको पुनःसंरचना आवश्यक : मातृकाप्रसाद यादव

लहान :  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सरकारी स्वामित्वमा रहेका उद्योगको पुनःसंरचना जरुरी रहेको बताउनुभएको छ । होली पर्वका अवसरमा सिरहाको मिर्चैया नगरपालिकाले आयोजना गरेको सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री यादवले सरकारी स्वामित्वमा रहेका उद्योगधन्दा कर्मचारी र नेताहरुलाई तलब भत्ता खुवाउने संस्थाका रुपमा मात्र सीमित भएकाले ती संस्था नयाँ ढंगबाट सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

अबका दिनमा सरकारी लगानीका उद्योगलाई अझै विकसित गर्दै यसलाई कर्मचारी पाल्नेभन्दा पनि देश विकासमा टेवा पु¥याउने ढंगले विकास गर्न जरुरी रहेको उल्लेख गर्दै मन्त्री यादवले त्यसका लागि आफ्नै कच्चा पदार्थ उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । मिर्चैया नगरपालिकाका प्रमुख श्रवण यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्यद्वय जगतप्रसाद यादव, भरत साहले होलीको शुभकामना व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: Mar 1, 2018

प्रतिक्रिया दिनुहोस्