Logo
२१ बैशाख २०८१, शुक्रबार
(March 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालुवाटारमा गई पुरी दाम्पतीले दिए प्रधानमन्त्रीलाई होलीको शुभकामना

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि भारतका राजदूत मञ्जीभसिंह पुरी र उहाँकी धर्मपत्नीले आज प्रधानमन्त्री निवासमा भेटेर होली पर्वको हार्दिक शुभकामना दिनुभएको छ ।

शुभकामना दिन पुरी दाम्पती प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटार पुगेका थिए । त्यस अवसरमा सांस्कृतिक समानतायुक्त शताब्दीऔँ पुरानो नेपाल–भारत सम्बन्ध र पारस्परिक आत्मीयता प्रकट गर्दै फागुपूर्णिमाको शुभकामना आदानप्रदान गरिएको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ ।

होली पर्वलाई आपसी प्रेम, सद्भाव, मैत्री र घनिष्टता अभिवृद्धि गर्ने पर्वका रुपमा नेपाल र भारतभर मनाउने प्रचलन छ । बिहबिार देशको पहाडी भेगमा होली मनाइदैछ भने शुक्रवार तराई मधेशमा मनाइने छ ।

प्रकाशित मिति: Mar 1, 2018

प्रतिक्रिया दिनुहोस्