Logo
१२ श्रावण २०८१, शनिबार
(March 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वाम गठबन्धन र संघीय समाजवादी फोरमवीचको बैठक जारी

काठमाडौं : वाम गठबन्धन र संघीय समाजवादी फोरमको बैठक बालुवाटारमा जारी छ । सरकार विस्तार र संविधान संशोधनका विषयमा सहमति जुटाउन वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपालकाे बैठक बालुवाटारमा केहीबेर अघिबाट बसेकाे हो ।

प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र फोरमका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुबीच बुधबार सहमति जुट्न नसकेपछि आज पुनः बैठक बसेकाे हाे ।

एमाले सचिव प्रदीप ज्ञवालीले संविधान संशोधन र सरकारमा सहभागिताको विषयलाई लिएर फोरमसँग भइरहेको संवाद सकारात्मक रहेको र अाजकाे बैठकले यसलार्इ निष्कर्षमा पुर्याउने दाबी गरे ।

वाम गठबन्धन र फोरमबीचको वार्ता निष्कर्षमा नपुग्दा सरकार विस्तारमा विलम्ब भइरहेको छ ।सहमति बनेमा सरकार विस्तारको बाटो खुल्नेछ ।

प्रकाशित मिति: Mar 1, 2018

प्रतिक्रिया दिनुहोस्