Logo
२१ बैशाख २०८१, शुक्रबार
(March 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शंकराचार्य जयेंद्र सरस्वतीको आज तमिलनाडुमा अन्तिम संस्कार (भिडियो)

हिन्दु धर्म अन्तरगत सबै भन्दा ठूला सन्त मानिने शंकराचार्य जयेंद्र सरस्वतीको पार्थिव शरीरलाई आज अन्तिम संस्कार दिइदैछ । ८२ वर्षको उमेरमा उनको हिजो निधन भएको थियो । कांची मठका ६९ औं प्रमुख समेत रहेका शंकराचार्य जयेंद्र सरस्वतीको भारतको तमिलनाडु स्थित कांचीपुरममा बुधवार निधन भएको थियो । अंतिम दर्शनका लागि शंकराचार्यको पार्थिव शरीरलाई कांचीपुरमको मठमा राखिएको छ । लगभग ४/५ घण्टाको महासमाधिको प्रक्रिया पछि उनको अन्तिम संस्कार गरिने छ ।

मोदीद्धारा दुखः ब्यक्त
उनको निधन प्रति भारतको प्रधानमंत्री नरेंद्र मोदीले दुखः ब्यक्त गरेका छन् । उनले ट्वीट गर्दै आचार्य श्री कांची कामकोठी पीठका शंकराचार्य जयेन्द्र सरस्वतीको मृत्युबाट आफू निकै दुखित भएको बताएका छन् । उनको आत्मको चिर शान्तीका लागि समेत प्रार्थना गरेका छन् । त्यस्तै, अभिनेता रजनीकांतले पनि कांची शंकराचार्य जयेन्द्र सरस्वती के निधन प्रति शोक ब्यक्त गरेका छन् । उनले पनि ट्वीट गर्दै शंकराचार्य जयेन्द्र सरस्वतीको मृत्युबाट आफू निकै दुखित भएको बताएका छन् ।

भिडियो सौजन्य : एबिपि न्यूज

प्रकाशित मिति: Mar 1, 2018

प्रतिक्रिया दिनुहोस्