Logo
१२ श्रावण २०८१, शनिबार
(February 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा ‘रअ’ जस्तै गृह अन्तर्गतको राष्ट्रिय अनुसन्धान अब प्रधानमन्त्री मातहत

काठमाडौं : सरकारले गृह मन्त्रालय अन्तरगत रहेको राष्ट्रिय अनुसन्धान विभाग (राअवि) लाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्री परिषद् बैठकले यो निर्णय गरेको हो । राष्ट्रिय अनुसन्धान विभाग देशको एकमात्र आन्तरिक तथा बाह्य गुप्तचरी निकाय हो, जसलाई केपी ओलीको नेतृत्वमा वाम गठबन्धन सरकार बनेपछि पहिलो पटक प्रधानमन्त्री मातहत ल्याइएको हो ।

यस्तै संरचनाको भारतमा ‘रअ’ र पाकिस्तानमा ‘आइएसआई’ पनि प्रधानमन्त्री कार्यालयकै मताहत रहेको छ । ओली सरकारले सरकारी निकायहरू प्रभावकारी हुने गरी पुर्नसंरचना गर्ने नीति अनुसार नै विभागलाई प्रधानमन्त्री मातहत लगिएको बताइएको छ ।

देशभित्र र बाहिर रहेका नेपाली दुतावासमा गरी विभागका २३ सय अधिकारी कार्यरत छन् । विगतमा गृहमन्त्रालय अन्तरगत रहँदा राष्ट्रिय अनुसन्धान विभाग गृहमन्त्री आवद्ध पार्टीका कार्यकर्ता भर्ती गर्ने अखडा नै बनेको थियो । जसले गर्दा राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयमा विभागले प्रभावकारी अनुसन्धान गर्न सकेको थिएन ।

प्रकाशित मिति: Feb 28, 2018

प्रतिक्रिया दिनुहोस्