Logo
१२ श्रावण २०८१, शनिबार
(February 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मानव-सागरबीच मुम्बईमा श्रीदेवीको अन्तिम संस्कार (तस्विर-भिडियो)

गत शनिबार दुबईमा निधन भएको भारतीय चलचित्र जगतकी बहुचर्चित अभिनेत्री श्रीदेवीको भारतीय सहर मुम्बईमा बुधबार अन्तिम संस्कार गरिएको छ । उनको अन्तिम संस्कार अपराह्न गरिएको छ । पति बौनी कपुरले उनको शवलाई दागवती दिएको छ । श्रीदेवीको पार्थिव शरीरलाई सज्जाबज्जाका साथ शहरमा घुमाइएको थियो । बुधवार अपराह्न २ बजेबाट उनको शवयात्रा सुरु गरिएको थियो ।

राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गरिएको छ । उनी भारतको चौथो उच्च पदक मानिने पद्मश्री प्राप्त अभिनेत्री हुन् । दुबईको अस्पतालले पोस्टमार्टम रिपोर्ट दिन ढिला गरेपछि उनको पार्थिक शरीरलाई मङ्गलबार अबेर राति मात्र दुबईबाट मुम्बई ल्याइएको थियो ।

मृत्यु स्वभाविक रुपमा भएको होइन भन्दै भारतीय एवम् अन्तर्राष्ट्रिय सञ्चारजगतमा नै आशङ्कासहितका समाचार प्रकाशन प्रशारण भएपछि उनको शव परिवारजनलाई जिम्मा लगाउन नै दुबई अस्पताल र प्रहरीले ढिला गरेको बताइएको थियो । सोमबार दुबई सरकारले श्रीदेवीको मृत्यु दुर्घटनावस ‘वाथ टब’मा डुबेर भएको जानकारी गराएको छ ।

उनको पार्थिक शरीरलाई मुम्बई ल्याएपछि भारतीय सिनेजगतका वरिष्ठ कलाकारहरुलगायत उनका शुभचिन्तकहरु श्रद्धाञ्जलिको लागि शव राखिएको स्थानमा पुगेका थिए । भारतीय चलचित्रजगत बलिउडका अभिनेता, अभिनेत्रीहरु, निर्देशक तथा निर्माताहरुले उनलाई श्रद्धाञ्जलि दिन पुगेका थिए ।

यस क्रममा उनका शव राखिएको स्थानमा सुवाइ घाई, रेखा, विद्याबालन, तब्बु, अजय देवगण, काजोल, जया बच्चन, ऐश्वर्या राय, करण जोहर, सरोज खान त्यहाँ पुगेका थिए । त्यसैगरी श्रद्धाञ्जलि दिनका लागि आफ्ना श्रीमानको साथमा चर्चित नायिका माधुरी दीक्षित पनि सुरुमै त्यहाँ पुगेकी थिइन् ।

त्यस्तै सुष्मिता सेन, जयाप्रदा, फराह खान, महिमा चौधरी, अक्षय खन्ना, पे्रम चोपडा, आफ्नी छोरी इशा देओलका साथमा अभिनेत्री हेमा मालिनीलगायत सयौं कलाकर्मी रुपकी रानी श्रीदेवीप्रति श्रद्धाञ्जलि अर्पण गर्न उनको शव राखिएको मुम्बईको एक स्थानीय क्लबमा पुगेका थिए ।

सौजन्य: हिन्दुस्तान टाइम्स/एबिपि न्यूज

प्रकाशित मिति: Feb 28, 2018

प्रतिक्रिया दिनुहोस्