Logo
१२ श्रावण २०८१, शनिबार
(February 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्थमन्त्री आएसँगै आउँदो बर्षको बजेट ल्याउन अर्थमा गृहकार्य

काठमाडौ : आउँदो आर्थिक वर्षका निम्ति बजेट ल्याउन अर्थमन्त्रालय आन्तरीक गृहकार्यमा लागेको छ ।

संघीय संरचनामा बजेट कस्ता र कतिको ल्याउने बारे अर्थ मन्त्रालय आन्तरीक गृहकार्यमा लागेको हो । यसका निम्ति अर्धवार्षिक समिक्षा प्रतिवेदन बनाउन मन्त्रालयका कर्मचारीहरु जुटेका छन् ।

समिक्षाको प्रतिवेदन एक साता भित्रै सार्वजनिक गरिने र सोही आधारमा आउँदो आर्थिक वर्षको बजेट निर्माण गरिने अर्थ स्रोतले बतायो ।

बजेट के कती ल्याउने बारे अझै फाइनल नभएतापनि अर्थ मन्त्रालयले प्रान्तिय सरकार चलाउनका निम्ति सरकारी संरचना तयार गर्न पूर्वधार क्षेत्र तर्फ ८ सय अर्ब भन्दा माथिको बजेट छुट्याउने तयारी गरेको छ । यसले पछि यसपालिको बजेट ठूलो आकारको हुने देखिन्छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेपछि तत्काल बजेट निर्माणको काममा जुट्ना आफ्ना कर्मचारीलाई निर्देशन दिएका थिए । सोही अनुरुप कर्मचारीहरु अहिले बजेट निर्माणको काममा लागेका छन् ।

प्रकाशित मिति: Feb 28, 2018

प्रतिक्रिया दिनुहोस्