Logo
१२ श्रावण २०८१, शनिबार
(February 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विस्फोटक पदार्थसहित एक पक्राउ

काठमाडौँ : नागढुंगा चेक पोस्टबाट विस्फोटक पदार्थसहित एक जना पक्राउ पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेखको नौमुले गाउँपालिका-८ घर भएका दशरथ बहादुर शाही रहेका छन् ।

दैलेखबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ९७१९ नं. को बसमा चेकजाँच गर्ने क्रममा डेटोनेटर र सेफ्टी फ्यूजसहितका विस्फोटक पदार्थसहित उनलाई मंगलबार पक्राउ गरीएको हो ।

शाहीको झोलाबाट प्रहरीले डेटोनेटर ४४ था, सुपरपावर ९० लेखेको लोला १२ थान, सेफ्टीफ्युज २५ मिटर, कालो टेप थान २ र रबरको गुलेली थान १ बरामद गरेको छ । विष्फोटक पदार्थका सामानसहित पक्राउ परेका शाहीलाई अनुसन्धान तथा कारवाही गर्न महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको छ ।

प्रकाशित मिति: Feb 28, 2018

प्रतिक्रिया दिनुहोस्