Logo
९ जेष्ठ २०८१, बुधबार
(February 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बंगलादेशको ‘प्रधानमन्त्री स्वर्ण पदक’ बाट नेपाली चिकित्सक सम्मानित

नेपाली चिकित्सक डा. सन्देश पन्थी बङ्गलादेशमा ‘प्रधानमन्त्री स्वर्ण पदक’बाट सम्मानित भएका छन् । डा. पन्थी हाल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासीमा डायबिटीज, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञका रुपमा कार्यरत छन् ।

मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ चिकित्सक पन्थीलाई बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले गत आइतबार प्रधानमन्त्री कार्यलायमा आयोजित एक विशेष समारोहमा स्वर्ण पदक प्रदान गरेकी थिइन् ।

डा. पन्थीले बङ्गलादेशको एकमात्र सरकारी मेडिकल विश्वविद्यालय बङ्गबन्धु शेख मुजिब मेडिकल विश्वबिद्यालयबाट सन् २०१६ मा पाँच वर्षे एमडी ‘ईण्डोक्राइनोलोजी एण्ड मेटाबोलिज्म’ (डायबिटीज, थाइरोइड तथा हर्मोन रोग) मा विशेषज्ञता हासिल गर्ने क्रममा मेडिसिन फ्याकल्टीमा नै सर्वाधिक अंकसहित सर्वोत्कृष्ट नतिजा हासिल गरेका थिए ।

 

प्रकाशित मिति: Feb 28, 2018

प्रतिक्रिया दिनुहोस्