Logo
११ श्रावण २०८१, शुक्रबार
(February 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु

महोत्तरी : औरही नगरपालिकाको टिम्किया–श्रीपुर सडकखण्डमा मोटरसाइकलबाट खसेर बुधबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा औरही नगरपालिका–४ कठुधार बस्ने गनौर साहकी पत्नी २८ वर्षीया शवनम खातुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कँुबेर कडायतले बताए ।

खातुन पतिसँग ज १० प ८२०९ नं को मोटरसाइकलमा श्रीपुरबाट आफ्नो घर कठुधार जाँदै गर्दा औरही–८ स्थित टिम्कियामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उनी गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि बर्दिवास लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी उपरीक्षक कडायतले बताए ।

प्रकाशित मिति: Feb 28, 2018

प्रतिक्रिया दिनुहोस्