Logo
९ असार २०८२, सोमबार
(February 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्व राष्ट्रपति पार्कलाई भ्रष्टाचारको आरोपमा ३० वर्ष जेल सजायको माग

सोल : दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क गेउन हाइलाई उनले गरेको भनिएको भ्रष्टाचारको काण्डमा ३० वर्षको जेल सजाय माग गरिएको समाचार छ ।

यहाँका सरकारी वकिलले पूर्व राष्ट्रपति हाइले गरेको भ्रष्टाचार र शक्तिको दुरुपयोगको विषयमा गरिएको लामो समयको अनुसन्धानपछि उनलाई ३० वर्षको जेल सजाय हुनुपर्ने माग गरेका हुन् ।

उनले भ्रष्टाचार गरेको र आफू राष्ट्रपति रहँदा शक्तिको दुरुपयोग गरेको आरोपमा मुद्दा चलिरहेको छ । सो मुद्दामा गएको करिब एक वर्षदेखि सुनुवाई जारी रहेको छ । गत वर्षको मार्च महिनामा उनलाई भ्रष्टाचारको आरोप लागेको थियो ।

उक्त मुद्दाको सुनुवाई दक्षिण कोरियाको सर्वोच्च अदालतमा जारी छ । उनलाई गएको वर्षदिनदेखि प्रहरी हिरासदमा राखिएको छ । भ्रष्टाचारको संलग्नता यहाँको प्रारम्भिक अदालतले प्रमाणित गरेपछि उनलाई संसदमा महाभियोग लगाएर बर्खास्त गरिएको थियो ।

प्रकाशित मिति: Feb 27, 2018

प्रतिक्रिया दिनुहोस्